काठमाण्डौ । एक वर्षमा सेयरबजार १.८२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा नेप्से परिसूचक २६४१.४४ विन्दुमा कायम भएको छ ।
गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २५९४.१३ विन्दुमा रहेको थियो । यस हिसाबले एक वर्षमा सेयरबजार झण्डै दुई प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, धितोपत्र बजार पूँजीकरण पनि ३।०७ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिसम्म भने धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ थियो ।
२०८१ को पुस मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.३७ प्रतिशत रहेकोमा २०८२ पुसमा ७२.६२ प्रतिशत रहेको छ ।
सो अवधिसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ पुसमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।