बिहीबार, श्रावण १४,२०८३ 11:16:42
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:16:42
Bizshala
Global IME Bank Limited

नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि बैंकर्स संघ र भिसाद्वारा राष्ट्रिय कार्यशाला सम्पन्न

नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि बैंकर्स संघ र भिसाद्वारा राष्ट्रिय कार्यशाला सम्पन्न
New Office

काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) र भिसाको सहकार्यमा ‘नेपालमा साइबर सुरक्षा लचिलोपन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला २०२६ जनवरी २७ गते काडमाण्डौमा सम्पन्न भएको छ। डिजिटल वित्तीय प्रणाली तीव्र रूपमा विस्तार भइरहेका सन्दर्भमा नेपालको साइबर सुरक्षा तयारीलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा सरकार, नियामक निकाय, कानून कार्यान्वयन निकाय, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालाको उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनाको साइबर सुरक्षा निर्देशनालय, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले डिजिटल अर्थतन्त्रको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय प्रतिबद्धता झल्काएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका उपगभर्नर बाम बहादुर मिश्रले नेपालको डिजिटल वित्तीय पारिस्थितिकी तन्त्रलाई सुदृढ बनाउँदै वित्तीय संस्थाहरूमा साइबर जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

कार्यशालामा दुई महत्वपूर्ण प्राविधिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। पहिलो प्रस्तुति ‘साइबरमार्फत हुने ठगी र घोटालाका उदीयमान प्रवृत्तिः नेपाली सन्दर्भ’ विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रस्तुत गर्दै वर्तमान जोखिम अवस्था तथा कानून कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे जानकारी गराएको थियो। दोस्रो प्रस्तुति भिसाद्वारा ‘सुरक्षित डिजिटल भविष्यको निर्माण’ शीर्षकमा प्रस्तुत गरिएको थियो, जसमा विश्वव्यापी उत्कृष्ट अभ्यास तथा सहकार्यमा आधारित साइबर सुरक्षा रणनीतिहरू प्रस्तुत गरिएका थिए।

यसैगरी ‘समन्वित राष्ट्रिय साइबर सुरक्षा पारिस्थितिकी तन्त्र निर्माणः भूमिका, जिम्मेवारी र आगामी मार्गचित्र’ विषयमा उच्चस्तरीय प्यानल छलफल सम्पन्न भएको थियो। छलफलमा बैंकिङ क्षेत्र, नियामक निकाय तथा साइबर सुरक्षा विज्ञहरूले अन्तर(एजेन्सी समन्वय, क्षमता अभिवृद्धि तथा सार्वजनिक–निजी साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन सत्रमा भिसा इन्डिया तथा दक्षिण एशियाका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत वैभव तराणेकरले सहभागी सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको सातै प्रदेशमा विशेष साइबर सुरक्षा तालिम सञ्चालन गर्ने महत्वपूर्ण क्षमता अभिवृद्धि पहलको घोषणा गरे ।

उक्त कार्यशालाले ज्ञान आदान–प्रदान, संवाद तथा सहकार्यको प्रभावकारी मञ्च प्रदान गर्दै बढ्दो डिजिटल जोखिमको सामना गर्न नेपालको साइबर सुरक्षा क्षमता सुदृढ गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.