बुधबार, भाद्र ३,२०८३ 05:13:58
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:13:58
Bizshala
Global IME Bank Limited

जी इन्टरटेनमेन्टसँगको मर्जर सम्झौताबाट पछि हट्यो सोनी, यस्तो छ कारण

जी इन्टरटेनमेन्टसँगको मर्जर सम्झौताबाट पछि हट्यो सोनी, यस्तो छ कारण
New Office

काठमाण्डौ । जापानको  सोनी ग्रूप भारतको जी इन्टरटेनमेन्टसँगको मर्जरको सम्झौताबाट पछि हटेको छ । आज कम्पनीको भारत इकाईले जी इन्टरटेनमेन्टसँग २ वर्ष अघि घोषणा भएको मर्जरको सम्झौताबाट पछि हटेको जनाएको हो ।  

नेटफ्लिक्स, अमेजन र भारतको घरेलु प्रतिस्पर्धीको सामना गर्न दुई वर्षअघि जी इन्टरटेनमेन्टसँग १० अर्ब डलरको सम्झौता घोषणा गरेको थियो ।  

 

Bizshala
CG Motors

डिज्ने र भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजबीच भारतको मिडिया व्यापारलाई सम्मिश्रण गर्ने खबर सार्वजनिक भएसँगै सोनीले सम्झौताका लागि थप छलफल नगर्ने निर्णय गरेको हो ।  

मर्जरका लागि सर्तहरु सन्तोषजनक नभएको र सम्झौता रद्दको खबरले कम्पनीको वित्तीय नतिजामा कुनै प्रभाव नपार्ने सोनीले जनाएको छ ।  

जी इन्टरटेनमेन्टले मर्ज भएर कायम हुने कम्पनीको सीईओमा पुनित गोयनका लाई नियुक्त गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर गोयनका भारतको बजार नियामकको छानबिनमा परिसकेकाले सोनीले उक्त प्रस्ताव अस्विकार गरेको थियो ।  

जी इन्टरटेनमेन्टले सम्झौता रद्दको पत्र प्राप्त गरेको जनाएको छ । यस्तै मर्जर शर्तको उल्लंघन गरेको आरोप लगाउँदै सोनीले सम्झौता रद्द बापत ९० लाख डलर माग गरेको जीले जनाएको छ ।  

जी इन्टरटेनमेन्टले आरोप र दाबी रकम दुवै अस्विकार गरेको छ । भारतको मनोरञ्जन क्षेत्रमा तीव्र गतिमा बढीरहेको प्रतिस्पर्धाका बेलामा सम्झौता रद्द भएको हो ।  

नरेन्द्र मोदि नेतृत्वको भारत सरकारले भारत ५ औँ स्थानबाट बढेर विश्वको तेस्रो ठूलो मिडिया तथा मनोरञ्जन बजार बन्ने लक्ष्य राखेको छ ।-एजेन्सी  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.