सोमबार, असार २,२०८२ 01:59:54
  • सोमबार, असार २,२०८२ 01:59:54
Global IME Bank Limited

जी इन्टरटेनमेन्टसँगको मर्जर सम्झौताबाट पछि हट्यो सोनी, यस्तो छ कारण

Hyundai Nepal
जी इन्टरटेनमेन्टसँगको मर्जर सम्झौताबाट पछि हट्यो सोनी, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । जापानको  सोनी ग्रूप भारतको जी इन्टरटेनमेन्टसँगको मर्जरको सम्झौताबाट पछि हटेको छ । आज कम्पनीको भारत इकाईले जी इन्टरटेनमेन्टसँग २ वर्ष अघि घोषणा भएको मर्जरको सम्झौताबाट पछि हटेको जनाएको हो ।  

नेटफ्लिक्स, अमेजन र भारतको घरेलु प्रतिस्पर्धीको सामना गर्न दुई वर्षअघि जी इन्टरटेनमेन्टसँग १० अर्ब डलरको सम्झौता घोषणा गरेको थियो ।  

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डिज्ने र भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजबीच भारतको मिडिया व्यापारलाई सम्मिश्रण गर्ने खबर सार्वजनिक भएसँगै सोनीले सम्झौताका लागि थप छलफल नगर्ने निर्णय गरेको हो ।  

मर्जरका लागि सर्तहरु सन्तोषजनक नभएको र सम्झौता रद्दको खबरले कम्पनीको वित्तीय नतिजामा कुनै प्रभाव नपार्ने सोनीले जनाएको छ ।  

जी इन्टरटेनमेन्टले मर्ज भएर कायम हुने कम्पनीको सीईओमा पुनित गोयनका लाई नियुक्त गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । तर गोयनका भारतको बजार नियामकको छानबिनमा परिसकेकाले सोनीले उक्त प्रस्ताव अस्विकार गरेको थियो ।  

जी इन्टरटेनमेन्टले सम्झौता रद्दको पत्र प्राप्त गरेको जनाएको छ । यस्तै मर्जर शर्तको उल्लंघन गरेको आरोप लगाउँदै सोनीले सम्झौता रद्द बापत ९० लाख डलर माग गरेको जीले जनाएको छ ।  

जी इन्टरटेनमेन्टले आरोप र दाबी रकम दुवै अस्विकार गरेको छ । भारतको मनोरञ्जन क्षेत्रमा तीव्र गतिमा बढीरहेको प्रतिस्पर्धाका बेलामा सम्झौता रद्द भएको हो ।  

नरेन्द्र मोदि नेतृत्वको भारत सरकारले भारत ५ औँ स्थानबाट बढेर विश्वको तेस्रो ठूलो मिडिया तथा मनोरञ्जन बजार बन्ने लक्ष्य राखेको छ ।-एजेन्सी  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.