मंगलवार, आश्विन १३,२०८३ 06:33:33
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:33:33
Bizshala
Global IME Bank Limited

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गरिने

Bizshala
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गरिने
New Office

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। रास्वपाले आफूलाई संस्थागत रूपान्तरणको एजेन्डा बोकेको शक्तिका रूपमा प्रस्तुत गर्दै ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ सार्वजनिक गरेको हो।  

रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रास्वपाले यसपटकको वाचापत्रलाई परम्परागत आश्वासनको सूचीभन्दा फरक भन्दै प्रणाली सुधारको रोडम्यापका रूपमा व्याख्या गरेको छ। पार्टीले सेवा प्रवाहमा डिजिटल माध्यमलाई अनिवार्य बनाउँदै ‘लाइन होइन, अनलाइन’ अवधारणामार्फत नागरिकलाई घरबाटै सेवा उपलब्ध गराउने योजना अघि सारेको छ। यसले प्रशासनिक ढिलासुस्ती, झन्झट र बिचौलिया संस्कृतिको अन्त्य गर्ने दाबी गरिएको छ।

भ्रष्टाचार नियन्त्रणलाई संरचनात्मक सुधारसँग जोड्दै विसं २०४६ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र थन्किएका फाइल पुनः खोल्ने घोषणा गरिएको छ।

रास्वपाले शिक्षा, स्वास्थ्य र सार्वजनिक संस्थानहरूलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रतिबद्धता जनाउँदै आफू कुनै पनि भातृ संगठन नखोल्ने घोषणा गरेको छ।

अर्थतन्त्रतर्फ पार्टीले डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानमार्फत उत्पादनमुखी मोडेल अघि सारेको छ।  त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आई–भोटिङमार्फत मतदान अधिकार सुनिश्चित गर्ने तथा गैर–आवासीय नेपालीलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणाअनुसार अधिकार सम्पन्न बनाउने एजेन्डाले प्रवासमा रहेका नेपाली समुदायलाई राजनीतिक प्रक्रियामा जोड्ने प्रयास गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.