काठमाण्डौ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएको छ ।
धरानमा बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको हो । टुंगो लगाएको नाम आयोगमा पठाइने जनाइएको छ ।
समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।

