काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ रहेको थियो ।

