शुक्रबार, बैशाख ४,२०८३ 04:08:59
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:08:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कच्चा तेलको मूल्यमा फेरि उछाल, नेपाललाई कस्तो प्रभाव पर्ला ?

Bizshala
कच्चा तेलको मूल्यमा फेरि उछाल, नेपाललाई कस्तो प्रभाव पर्ला ?
Shivam Cement

काठमाडौं । पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन करिब ८ प्रतिशतले उकालो लागेको छ। यो वृद्धि पछिल्लो एक साताकै उच्च स्तरमा पुगेको हो। इजरायलले इरानको साउथ पार्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले पनि क्षेत्रका विभिन्न ऊर्जा पूर्वाधारलाई निशाना बनाएको खबरपछि तेलको मूल्यमा तीव्र उछाल आएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हाल ब्रेन्ट क्रुड तेलको मूल्य ८ डलरभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११५.५ डलरमा कारोबार भइरहेको छ, जुन मार्च ९ पछिको उच्च स्तर हो। साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार हो, जसलाई इरान र कतारले संयुक्त रूपमा उपयोग गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमण इजरायलले गरेको बताएका छन् भने अमेरिका र कतार यसमा संलग्न नभएको स्पष्ट पारेका छन्। साथै, इजरायलले अब साउथ पार्स क्षेत्रमा थप आक्रमण नगर्ने दाबी गर्दै ट्रम्पले चेतावनी दिएका छन्य:दि इरानले कतारमाथि हमला गरे अमेरिकाले कडा प्रतिक्रिया दिनेछ।

पश्चिम एशियामा अवस्था झन् जटिल बन्दै जाँदा तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ। विशेषगरी होर्मुज जलडमरूमार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले त्यहाँ अवरोध आए विश्व बजारमा ठूलो असर पर्ने देखिन्छ।

CG Motors
Garima Development Bank
IME remit

यसको प्रभाव भारतमा समेत देखिएको छ। भारतले आफ्नो करिब ९० प्रतिशत तेल आयात गर्ने भएकाले मूल्यवृद्धिले अर्थतन्त्रमा दबाब बढ्ने अनुमान गरिएको छ। तेल महँगिएसँगै भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ: सेन्सेक्स कारोबारका क्रममा करिब २,४०० अंकले घटेको छ।

विश्लेषकहरूका अनुसार तेलको मूल्यवृद्धि र आपूर्ति अस्थिरताले चौथो त्रैमासिकमा कम्पनीहरूको नाफामा असर पार्न सक्छ। विशेषगरी उड्डयन, मल, पेन्ट, केमिकल्स, टायर, सिरेमिक, लजिस्टिक्स, ग्लास र सिमेन्ट क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्ने देखिएको छ।

नेपालले आफूलाई आवश्यक इन्धन भारतबाट आयात गर्दै आएको छ । भारतको तेल आपूर्ति प्रणाली र मूल्य युद्धका कारण प्रभावित हुँदा त्यसको सोझो प्रभाव नेपालमा पनि पर्न थालिसकेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.