काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक (प्रमोटर) सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ।
बैंकको संचालक समितिको आइतबार बसेको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको हो। बैंकको हालको चुक्ता पुँजी २२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।
बैंकले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र यो रूपान्तरण प्रक्रिया अघि बढ्ने छ।
यो निर्णयले बैंकको सेयर बजारमा फ्री-फ्लोट सेयरको मात्रा बढ्ने र लगानीकर्ताहरूको सहभागिता विस्तार हुने अपेक्षा गरिएको छ।
थप विवरण तथा समयतालिका नियामक स्वीकृति पश्चात मात्र सार्वजनिक गरिने बैंकले बताएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।