बिहीबार, श्रावण १४,२०८३ 01:21:16
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:21:16
Bizshala
Global IME Bank Limited

नेपाल भ्रमणका लागि अमेरिकी दूतावासको ‘लेभल २’ सतर्कता सूचना

नेपाल भ्रमणका लागि अमेरिकी दूतावासको ‘लेभल २’ सतर्कता सूचना
New Office

काठमाण्डौ । अमेरिकी दूतावासले नेपाल भ्रमणमा आउने आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी सार्वजनिक गरेको छ। उक्त सूचनामा नेपाललाई ‘लेभल २’ मा राख्दै भ्रमणका क्रममा बढी सावधानी अपनाउन सुझाव दिइएको छ।

३१ मार्च २०२६ (२०८२ चैत १८) मा जारी गरिएको सूचनामा पछिल्लो समय देखिएको नागरिक अस्थिरतालाई ध्यानमा राख्दै सचेत रहन आग्रह गरिएको छ। सन् २०२५ सेप्टेम्बरदेखि चलेका देशव्यापी प्रदर्शन अहिले कम भइसके पनि केही स्थानमा अझै छिटपुट अशान्ति हुन सक्ने जनाइएको छ।

दूतावासले कुनै पनि बेला प्रदर्शनहरू उग्र र हिंसात्मक बन्न सक्ने भन्दै अमेरिकी नागरिकलाई भीडभाड भएका स्थानबाट टाढा रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न सुझाव दिएको छ। 

साथै, नेपालमा भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम पनि रहेको उल्लेख गरिएको छ। विशेषगरी मनसुन (जुन–सेप्टेम्बर) मा भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने चेतावनी दिइएको छ।

स्वास्थ्य सेवाको विषयमा काठमाडौँका अस्पतालहरू अपेक्षाकृत राम्रो भए पनि अत्यधिक भीड हुने र उपचार अघि नै शुल्क तिर्नुपर्ने अवस्था रहेको बताइएको छ। गम्भीर बिरामी परेमा विदेशमा उपचार गराउनुपर्ने हुन सक्ने भएकाले ‘मेडिकल इभ्याकुएसन’ सहितको यात्रा बीमा गर्न सिफारिस गरिएको छ।

दूतावासले नेपालमा रहेका वा नेपाल जान लागेका आफ्ना नागरिकलाई ‘स्मार्ट ट्राभलर एनरोलमेन्ट प्रोग्राम (STEP)’ मा दर्ता हुन र स्थानीय सञ्चार माध्यममार्फत नियमित सूचना लिइरहन पनि अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.