बुधबार, भाद्र ३,२०८३ 02:41:42
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:41:42
Bizshala
Global IME Bank Limited

नेपाल बैंकर्स संघद्वारा सातै प्रदेशमा साइबर सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल बैंकर्स संघद्वारा सातै प्रदेशमा साइबर सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल बैंकर्स संघले भिजासँगको सहकार्यमा नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन ठगी तथा डिजिटल फ्रडका घटनाहरू बढ्दै गएको सन्दर्भमा उक्त विषयमा कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएका यस्ता चुनौतीहरूलाई मध्यनजर गर्दै बैंकिङ क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सचेतना विस्तार गर्न कार्यक्रम केन्द्रित थियो ।

Bizshala
CG Motors

प्रदेशस्तरीय कार्यक्रमहरूमा साइबर जोखिमको पहिचान, डिजिटल फ्रडका प्रवृत्ति, तथा जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । 

साथै बैंकिङ प्रणालीमा सुरक्षित अभ्यासहरू अवलम्बन गर्ने र त्यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सावधानी र यस बारे बैंकका ग्राहकहरुलाई निरन्तर जानकारी दिनु पर्ने विषयमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा सातै प्रदेशबाट प्रदेश प्रमुख, शाखा प्रबन्धक लगायत विभिन्न तहका बैंकका कर्मचारी गरि ३०० भन्दा बढी को सहभागिता रहेको थियो । कार्यक्रमले समग्र वित्तीय प्रणालीलाई अझ सुरक्षित र सुदृढ बनाउन योगदान दिनेमा आशावादी छौ ।

नेपाल बैंकर्स संघले साझेदारहरूसँग सहकार्य गरि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने  विश्वास लिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.