बिहीबार, श्रावण १४,२०८३ 11:12:58
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:12:58
Bizshala
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।  

विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।    

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा आईपुग्ने गरी के–कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि आगामी जेठ १ गतेसम्म आवेदन दिनुपर्नेछ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.