मंगलवार, असार ९,२०८३ 12:15:14
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:15:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी नाकाबन्दीको घोषणासँग स्ट्रेट अफ हर्मुजबाट धमाधम बाहिरिँदै ट्याङकर

Laxmi Sunrise Bank Limited
अमेरिकी नाकाबन्दीको घोषणासँग स्ट्रेट अफ हर्मुजबाट धमाधम बाहिरिँदै ट्याङकर

काठमाण्डौ । स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनाव बढेसँगै सोमबार दुई इरान–सम्बद्ध तेल ट्यांकर खाडी क्षेत्रबाट बाहिरिएका छन्। अमेरिकी निर्णयपछि अन्य जहाजहरूले पनि उक्त मार्ग प्रयोग गर्न हिच्किचाउन थालेका छन्, जसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा असर पर्ने संकेत देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा अमेरिका र इरानबीचको वार्ता विफल भएपछि इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने जहाजहरूलाई लक्षित गरी नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यद्यपि, अमेरिकाले स्ट्रेट अफ हर्मुज हुँदै अन्य देशका बन्दरगाहतर्फ जाने जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नगर्ने स्पष्ट पारेको छ।

New Office
CG Motors
Garima Development Bank

उक्त घोषणापछि जलमार्गमा तेल ढुवानी गतिविधि उल्लेखनीय रूपमा सुस्तिएको छ। अउरोरा नामक ट्यांकरमा इरानी तेलजन्य पदार्थ लोड गरिएको छ भने न्यू फ्युचरले हमिर्या पोर्टबाट डिजेल बोकेको छ र सोहार ओमानतर्फ गइरहेको छ। यी दुवै मध्यम आकारका ट्यांकरले करिब ३३०,००० ब्यारेल तेल बोक्ने क्षमता राख्छन्।

अमेरिकी सेन्ट्रल कमाउण्डले सोमबारदेखि इरानी समुद्री क्षेत्रमा आवतजावत गर्ने सबै जहाजमाथि नाकाबन्दी लागू गरिने जनाएको छ। उक्त नाकाबन्दी सबै राष्ट्रका जहाजहरूमा समान रूपमा लागू हुने बताइएको छ।

यसैबीच, इस्लामिक रिभोल्सनरी गार्ड कर्पसले स्ट्रेट अफ हर्मुज नजिक आउने कुनै पनि सैन्य जहाजलाई युद्धविराम उल्लंघन मानिने चेतावनी दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्कोतर्फ, पाकिस्तानको झण्डा बोकेका सालामा र खैरपुर ट्यांकरहरू आइतबार खाडी क्षेत्रमा प्रवेश गरेका छन्। सालामार युएईतर्फ कच्चा तेल लोड गर्न गइरहेको छ भने खैरपुर कुवेततर्फ परिष्कृत तेल उत्पादन लिन गइरहेको छ।

यसैबीच, केही ठूला तेलवाहक जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन्। एगिओस फानोरियस नामक ट्यांकर खाडी क्षेत्रमा प्रवेश गर्ने प्रयासपछि फर्किएको छ र हाल गल्फ अफ ओमान नजिक लङ्गर हालेर बसेको छ।

यद्यपि, पछिल्लो साता भएको युद्धविरामपछि शनिबार तीनवटा ठूलो क्षमताका तेलवाहक जहाजहरूले स्ट्रेट अफ हर्मुज पार गरेका थिए, जसले क्षेत्रीय आपूर्ति आंशिक रूपमा निरन्तर रहेको संकेत दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.