शुक्रबार, जेष्ठ १,२०८३ 04:15:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:15:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

“म दोषी होइन, पीडित हुँ”-हिरासतबाट दीपक भट्टको सनसनीपूर्ण बयान, अनुसन्धान प्रक्रियामै उठाए गम्भीर प्रश्न

उधारो सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरण कसरी भनियो भन्ने जिज्ञासा, वास्तविक दोषी खोज्न प्रविधि प्रयोग नगरेको आरोप

Laxmi Sunrise Bank Limited
“म दोषी होइन, पीडित हुँ”-हिरासतबाट दीपक भट्टको सनसनीपूर्ण बयान, अनुसन्धान प्रक्रियामै उठाए गम्भीर प्रश्न
Shivam Cement

काठमाण्डौ । सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका युवा व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार भएको दाबी गर्दै अनुसन्धान प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएका छन्। 

हिरासतबाट दिएको बयानमा उनले आफूलाई दोषीभन्दा पनि पीडितका रूपमा प्रस्तुत गरेका छन्।

भट्ट हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानअन्तर्गत न्यायिक हिरासतमा छन्। तर उनले आफूले कुनै अवैध आर्जन वा गैरकानुनी कार्य नगरेको दाबी गर्दै राज्यका सबै निकायसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको उल्लेख गर्दै कानुनअनुसार कर तिर्दै आएको र हालसम्म भएका छानबिनबाट समेत आफू निर्दोष रहेको दाबी गरेका छन्।

हिरासतबाट सार्वजनिक गरिएको बयानमा भट्टले आफूलाई किन पक्राउ गरियो भन्ने विषयमै स्पष्ट जानकारी नदिइएको बताएका छन्। उनका अनुसार पुनर्बिमा तथा बीमा कम्पनीहरूमा लगानी गरेको आधारमा आफूविरुद्ध आरोप लगाइएको भए पनि त्यसको ठोस आधार भने अनुसन्धान निकायले प्रस्तुत गर्न सकेको छैन। उनले आफूले अवैध रकम प्रयोग गरी सेयर खरिद गरेको आरोप अस्वीकार गर्दै यदि त्यस्तो गरेको भए आफूले उधारो तिर्न बाँकी नहुने तर्क गरेका छन्।

भट्टका अनुसार उनले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग उधारोमा सेयर खरिद–बिक्री गर्ने सहमति अनुसार कारोबार गरेका थिए। यस्तो उधारो कारोबारलाई कसरी सम्पत्ति शुद्धीकरणको अपराधसँग जोडियो भन्ने आफूले बुझ्न नसकेको उनको भनाइ छ। “उधारोमा सेयर खरिद गर्नु नै अपराध हो भने अन्य लगानीकर्ताको अवस्था के हुन्छ?” भन्ने प्रश्न उनले उठाएका छन्।

Bizshala
New Office
CG Motors

उनले आफू कुनै पनि कम्पनीको सञ्चालक समिति वा व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्दै कुनै कम्पनीबाट व्यक्तिगत लाभ लिएको प्रमाण नभएको बताएका छन्। आफूले लगानी गरेका कम्पनीहरू कानुनअनुसार सञ्चालन हुने विश्वास राख्दै यदि कुनै गैरकानुनी गतिविधि भएको भए त्यसको छुट्टै छानबिन हुनुपर्ने उनले बताएका छन्।

भट्टले आफूलाई पक्राउ गरिएको प्रक्रिया पनि अस्वाभाविक रहेको बताएका छन्। उनका अनुसार प्रहरीद्वारा पक्राउ नभई आफू स्वेच्छाले अनुसन्धानमा सहयोग गर्न सम्बन्धित निकायमा उपस्थित भएको भए पनि राहदानी रोक्का गर्ने र बैंक खाता स्थगित गर्ने निर्णय गरिएको छ। “अनुसन्धानमा सहयोग गरिरहेको व्यक्तिलाई किन यस्तो व्यवहार गरियो?” भन्ने प्रश्न उनले उठाएका छन्।

काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइको सन्दर्भमा उनले सरकारी पक्षले आफूलाई लामो समय हिरासतमा राख्न माग गरे पनि अदालतले सीमित अवधिका लागि मात्र हिरासतमा राख्न आदेश दिएको उल्लेख गरेका छन्। उनले अदालतसमक्ष आफूविरुद्ध कुनै ठोस प्रमाण प्रस्तुत हुन नसकेको दाबी गरेका छन्।

भट्टले आफूविरुद्ध भएको घटनामा आफू नै पीडित भएको दाबी गर्दै विश्वास गरेका व्यक्तिहरूबाट धोका भएको संकेत गरेका छन्। उनका अनुसार आफ्नो नाममा भएको सेयर कारोबारबारे सत्यतथ्य पत्ता लगाएर वास्तविक दोषीलाई कानुनी दायरामा ल्याइनु आवश्यक छ।

Garima Development Bank
Shivam Cement
IME remit

अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै उनले आधुनिक प्रविधिको प्रयोग गरी वास्तविक दोषी पत्ता लगाउन सकिने बताए। “आजको समयमा कारोबार कहाँबाट भयो, कसले गर्‍यो भन्ने पत्ता लगाउन सकिन्छ, तर मेरो डिम्याट खाता कसले प्रयोग गर्‍यो भन्ने किन खोजी भएन?” भन्ने प्रश्न उनले गरेका छन्।

भट्टले अन्त्यमा आफूलाई कुनै विशेष सुविधा नभई निष्पक्ष न्याय चाहिएको बताएका छन्। “मलाई सहयोग चाहिएको होइन, न्याय चाहिएको हो,” उनले भनेका छन्।

यस्तो छ दीपक भट्टले अनुसन्धान र अदालती सुनुवाईका क्रममा दिएको बयान :

म विगत २०५८ सालदेखि निरन्तर व्यवसाय गर्दै आएको व्यक्ति हुँ। यस अवधिमा विभिन्न क्षेत्रमा संलग्न रहँदै कानुनअनुसार कर तिर्दै आएको छु। आजसम्म मैले कुनै अवैध आर्जन वा गैरकानुनी गतिविधिमा संलग्नता नराखेको कुरा राज्यका विभिन्न निकायबाट भएका छानबिनहरूले पुष्टि गरिसकेको मेरो विश्वास छ। म अहिले पनि राज्यका सबै अनुसन्धानमा पूर्ण सहयोग गर्न प्रतिबद्ध छु र सत्य तथ्य बाहिर आउनेमा विश्वस्त छु।

हाल मलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा राखिएको छ। तर, ममाथि लागेको आरोपको स्पष्ट आधार र कारणबारे अनुसन्धान निकायबाट ठोस जानकारी दिइएको छैन। मैले कुन स्रोतबाट अवैध रकम आर्जन गरी त्यसलाई वैध बनाउन सेयर बजारमा लगानी गरेको हो भन्ने विषय पनि प्रष्ट पारिएको छैन।

मैले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग भएको सहमतिअनुसार उधारो (क्रेडिट) आधारमा सेयर खरिद–बिक्री गरेको हुँ। सोही सहमतिअनुसार वार्षिक रूपमा हिसाब मिलाउने व्यवस्था रहेको छ र उक्त कारोबारका आधारमा ममाथि रकम दुरुपयोग वा सम्पत्ति शुद्धीकरणको आरोप कसरी लाग्यो भन्ने कुरा मैले बुझ्न सकेको छैन। यदि मैले अवैध रूपमा रकम प्रयोग गरेको भए उधारो दायित्व बाँकी रहने अवस्था हुँदैनथ्यो।

म केही कम्पनीहरूमा लगानीकर्ता भए पनि कुनै पनि कम्पनीको सञ्चालक समिति, व्यवस्थापन वा निर्णय प्रक्रियामा संलग्न छैन। कुनै पनि कम्पनीबाट मेरो वा मेरो परिवारका सदस्यको व्यक्तिगत खातामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रकम प्राप्त भएको छैन। यस अवस्थामा ममाथि रकम दुरुपयोगको आरोप लगाइनु निराधार देखिन्छ।

म अनुसन्धान प्रक्रियामा सुरुदेखि नै सक्रिय रूपमा सहकार्य गर्दै आएको छु। सम्बन्धित निकायले बोलाउँदा म आफैँ उपस्थित भएको हुँ। बयानसमेत सम्पन्न भइसकेको अवस्थामा मलाई हिरासतमा राख्नु, राहदानी रोक्का गर्नु तथा बैंक खाता स्थगित गर्नुको औचित्य मैले बुझ्न सकेको छैन।

अदालतसमक्ष पनि मैले आफ्नो धारणा स्पष्ट रूपमा राखेको छु। मेरो जानकारीमा उधारोमा सेयर कारोबार गर्नु आफैँमा गैरकानुनी कार्य होइन। यदि यस प्रकरणमा कुनै गैरकानुनी गतिविधि भएको छ भने त्यसको निष्पक्ष छानबिन भई वास्तविक दोषीमाथि कारबाही हुनुपर्छ भन्ने मेरो धारणा छ।

यस घटनामा मेरो नाममा भएको सेयर कारोबारबारे म स्वयं पनि पीडित हुन सक्ने सम्भावना रहेको छ। मैले विश्वास गरेका व्यक्तिहरूबाट धोका भएको आशंका छ। त्यसैले यस विषयमा गहिरो अनुसन्धान गरी वास्तविक तथ्य बाहिर ल्याउन आवश्यक छ।

आजको प्रविधियुक्त युगमा कारोबार कहाँबाट, कसरी र कसले गर्‍यो भन्ने पत्ता लगाउन सम्भव छ। मेरो डिम्याट खाता कसले प्रयोग गर्‍यो भन्ने विषयमा किन गहिरो अनुसन्धान भएको छैन भन्ने प्रश्न उठेको छ।

अन्ततः, म कुनै विशेष सुविधा वा सहानुभूति होइन, केवल निष्पक्ष न्यायको अपेक्षा राख्दछु। अनुसन्धान प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र निष्पक्ष हुनुपर्छ भन्ने मेरो आग्रह छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

-(भट्टका सहयोगीबाट बिजशालालाई प्राप्त बयानको सारसंक्षेप)

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.