शनिबार, फाल्गुन १०,२०८१ 08:36:59
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:36:59
IME remit
Global IME Bank Limited

प्राधिकरणले जारी गर्यो वैदेशिक रोजगार बीमालेख निर्देशन, यस्तो छ रक्षावरणसम्बन्धी व्यवस्था

Hyundai Nepal
प्राधिकरणले जारी गर्यो वैदेशिक रोजगार बीमालेख निर्देशन, यस्तो छ रक्षावरणसम्बन्धी व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन जारी गरेको हो ।  

वैदेशिक रोजगारमा जाने नेपाली नागरिकको लागि रोजगारको क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गरी सामाजिक सुरक्षा कायम गर्न जीवन बीमा व्यवसाय अन्तर्गतको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखलाई थप व्यवस्थित तथा नियमित गरी वैदेशिक रोजगारमा जाने नेपाली बीमितको हक हित सुरक्षित गर्न वाञ्छनीय भएकाले यो निर्देशन ल्याइएको प्राधिकरणले जनाएको छ ।  

निर्देशन बमोजिम बीमा प्रस्ताव फाराम, बीमालेख तथा बीमालेखसँग संलग्न पुष्ट्याई वा पूरक करारलाई समग्र बीमा करारको रुपमा लिनुपर्नेछ ।  

साथै नेपाल सरकारले वैदेशिक रोजगारीको लागि निषेध गरेका मुलुकमा जाने व्यक्तिको लागि जीवन बीमकले यो बीमालेख जारी गर्न पाइने छैन । बीमा कम्पनीले वैदेशिक रोजगारीको लागि विदेशमा रही श्रम स्वीकृति मान्य रहेको बीमितबाट आवश्यक कागजात तथा बीमाशुल्क प्राप्त गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गर्न सकिने प्राधिकरणले जनाएको छ । यसरी बीमालेख जारी गर्दा घातक रोगहरुको पूरक करार अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

वैदेशिक रोजगारमा श्रमिक जाँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता भन्दा ६ महिना बढी अवधिका लागि यो बीमालेख जारी गर्नुपर्नेछ ।  

वैदेशिक रोजगार बीमालेखबाट हुने रक्षावरण  

वैदेशिक रोजगार बीमालेखमा बीमकले सम्बन्धीत बीमितको मृत्यु भएको खण्डमा मृत्युको जोखिम बहन गर्नुपर्दछ । बीमितको कुनै पनि कारणबाट स्वदेशमा मृत्यु भएमा दाबी भुक्तानी प्रदान गर्नुपर्दछ ।  

प्राधिकरणको निर्देशनअनुसार कुनै पनि कारणबाट हुने बीमितिको मृत्यु भएमा निजको आश्रित परिवारका सदस्यलाई १० लाख रुपैयाँ बीमाङ्क रकम भुक्तानी प्रदान हुनेछ ।  

साथै बीमितको मृत्यु भएको अवस्थामा १ लाख रुपैयाँ किरिया खर्च वापत दाबी भुक्तानी र आयको नोक्सानी बापत थप २ लाख रुपैयाँ रकम दाबी भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।  

यसका साथै बीमितको कुनै पनि कारणबाट विदेशमा नै मृत्यु भएको खण्डमा निजको आश्रित परिवारका सदस्यलाई १० लाख रुपैयाँ बीमांक रकम दाबी भुक्तानी दिइनेछ ।  

साथै किरिया खर्च बापत थप १ लाख, आय क्षतिपुर्ति बापत थप २ लाख र शव स्वदेशमा ल्याउन लागेको खर्च बापत थप १ लाख रुपैयाँ भुक्तानी हुने निर्देशनमा उल्लेख छ ।  

यसका साथै बीमित पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ, आंशिक पूर्ण अशक्तता भएमा ४० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दाबी भुक्तानी र घातक रोग उपचारका लागि बीमा कम्पनीले बीमितलाई अनिवार्य रुपमा बीमा सुरक्षण दिनुपर्नेछ ।  

बीमा कम्पनीले घातक रोग लागेको निदान उपचार खर्च वापत ५ लाख रुपैयाँ दाबी भुक्तानी दिनुपर्ने निर्देशनमा उल्लेख छ ।  

बीमाशुल्क प्रावधान  

जीवन बीमा कम्पनीहरुले बीमा प्रारम्भ भएको मितिमा पूरा एक अवधिको एकमुष्ठ बीमाशुल्क नलिई बीमालेख जारी गर्न पाइने छैन ।  

बीमा कम्पनीले उमेर समूह अनुसारको बीमाशुल्क निर्धारण गर्नुपर्ने निर्देशमा उल्लेख छ ।  

निर्देशनअनुसार बीमकले न्यूनतम १ हजार ४८६ रुपैयाँदेखि १८ हजार २२२ रुपैयाँसम्म बीमा शुल्क निर्धारण गर्नुपर्नेछ ।  

जस्तै, १ वर्ष अवधिमा १८ देखि ३५ वर्ष उमेर समूहका लागि १ हजार ४८६ रुपैयाँ, ३५–५० वर्ष उमेर समूहका लागि २ हजार १७५ रुपैयाँ  र ५०–६४ वर्ष उमेर समूहका लागि ५ हजार ७६ रुपैयाँ बीमा शुल्क तोकिएको छ ।  

त्यस्तै, ६.५ वर्ष अवधिमा १८–३५ वर्ष उमेर समूहका लागि ६२०५ रुपैयाँ, ३५–५० वर्ष उमेर समूहका लागि ९११२ रुपैयाँ र ५०–६४ वर्ष उमेर समूहका लागि १८ हजार २२२ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.