बिहीबार, असार ११,२०८३ 02:32:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:32:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दीपक भट्टका कम्पनीका ‘गोल्डेन सेयर’ लिनेहरू निगरानीमा, पत्रकारदेखि प्रशासकसम्मको भुक्तानी विवरण माग

Laxmi Sunrise Bank Limited
दीपक भट्टका कम्पनीका ‘गोल्डेन सेयर’ लिनेहरू निगरानीमा, पत्रकारदेखि प्रशासकसम्मको भुक्तानी विवरण माग

काठमाण्डौ । युवा व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीहरूबाट संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थाहरूविरुद्ध अनुसन्धान थप तीव्र बनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सेयर खरिदसँग जोडिएका सम्पूर्ण भुक्तानी विवरण माग गर्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।

New Office
CG Motors
Garima Development Bank

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी तथा हिमालयन रि–इन्स्योरेन्समा संस्थापक सेयर लिँदा चुक्ता पूँजीबाहेक थप रकम (प्रिमियम) विभिन्न व्यक्ति तथा संस्थाका बैंक खातामा जम्मा गरिएको आशंकामा विभागले अनुसन्धान केन्द्रित गरेको छ।

यसैबीच, यसअघि केही सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको विवरणअनुसार नेपालका साना–ठूला मिडियाका सञ्चालकदेखि मार्केटिङ कर्मचारीसम्मले आफ्नै तथा श्रीमतीका नाममा भट्टसँग सम्बन्धित कम्पनीहरूबाट ‘गोल्डेन सेयर’ लिएको तथ्य बाहिरिएको थियो। उक्त खुलासापछि अहिले ती व्यक्तिहरू पनि अनुसन्धानको दायरामा पर्न थालेका छन्। केही वर्तमान तथा पूर्व प्रशासकले समेत भट्टका कम्पनीमा लगानी गरेका खुलासा भएको छ । ती सबै लगानी तथा सेयर खरीद प्रक्रियाको बैधानिकता समेत अनुसन्धानको घेरामा तानिएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागले सेयर खरिद गर्दा कम्पनीमा बुझाइएको रकमबाहेक अन्य शीर्षकमा गरिएको भुक्तानीको स्पष्ट विवरण(कति रकम, कसको नाममा, कुन बैंक खातामा, कुन मितिमा जम्मा गरिएको) खुलाउन निर्देशन दिएको छ। अनुसन्धान प्रयोजनका लागि १५ दिनभित्र सबै विवरण पेश गर्न आग्रह गरिएको छ।

यस प्रकरणमा युवा व्यवसायी दीपक भट्ट, व्यवसायी शुलभ अग्रवाल र शेखर गोल्छालगायत व्यक्ति हाल प्रहरी हिरासतमा छन्। उनीहरूमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

विश्लेषकहरूका अनुसार ‘गोल्डेन सेयर’ वितरणमार्फत प्रभावशाली समूहसँग सम्बन्ध विस्तार गर्ने प्रयास भएको पुष्टि भएमा यसले नियामकीय पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाउनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.