शुक्रबार, जेष्ठ २९,२०८३ 08:26:41
Bizshala
  • शुक्रबार, जेष्ठ २९,२०८३ 08:26:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजार, नीति र लगानी जोड्ने ‘डिजिटल बजेटोत्सव’घोषणा, बिजशालाको नवीन सुरुवात

Laxmi Sunrise Bank Limited
बजार, नीति र लगानी जोड्ने ‘डिजिटल बजेटोत्सव’घोषणा, बिजशालाको नवीन सुरुवात
Shivam Cement

काठमाण्डौ । नेपालमा बजेटसम्बन्धी कभरेजलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ देशको अग्रणी आर्थिक डिजिटल प्लेटफर्म बिजशालाले एक नवीन प्रयोग थालेको छः देशमै पहिलोपटक एकमहिने ‘डिजिटल बजेटोत्सव’ अभियान।

Bizshala
New Office
CG Motors

काठमाडौँमा घोषणा गरिएको ‘बजेटोत्सव २०८३’ आगामी बैशाख २० देखि जेठ २० सम्म सञ्चालन हुनेछ। यो अभियानले परम्परागत एकदिने बजेट बहसको सीमित घेराभन्दा बाहिर निस्केर पूरै बजेट चक्र, प्रि-बजेट, बजेटको दिन र पोस्ट-बजेट विश्लेषणलाई एउटै प्लेटफर्ममा समेट्ने लक्ष्य राखेको छ। यसका लागि बिजशालाले अलग्गै प्ल्याटफर्म समेत सार्वजनिक गरेको छ । 

अभियानअन्तर्गत निरन्तर लाइभ अपडेट, गहिरो विश्लेषण, भर्चुअल बहस, भिडियो कन्टेन्ट र लगानीकर्तामुखी इनसाइट्स प्रस्तुत गरिनेछ। यसलाई केवल समाचार कभरेज नभई डिजिटल सहभागितामूलक आर्थिक संवादको नयाँ मोडेलका रूपमा अघि सारिएको छ।

बिजशालाकी प्रबन्ध निर्देशक सरस्वती कटुवालकाअनुसार, बदलिँदो डिजिटल युगमा बजेटलाई स्थिर घटनाको रूपमा होइन, निरन्तर संवाद र संलग्नताको प्रक्रियाका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता महसुस गर्दै यो अभियान सुरु गरिएको हो।

Garima Development Bank
Shivam Cement
Bizshala

‘बजेटोत्सव’ले निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता, ब्रोकर, व्यवसायी, नीतिनिर्माता र सर्वसाधारणलाई एउटै डिजिटल मञ्चमा जोड्दै तथ्यमा आधारित, गहिरो र अर्थपूर्ण बहसको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

यस अभियानको प्रमुख विशेषता भनेको यसको निरन्तरता, गहिराइ र मल्टिलेयर डिजिटल डिजाइन हो। एकैदिनको कार्यक्रमभन्दा फरक, यसले चरणबद्ध रूपमा बहस र विश्लेषणलाई विस्तार गर्दै सरोकारवालाबीच दीर्घकालीन संलग्नता सिर्जना गर्नेछ।

अझ महत्वपूर्ण कुरा, अभियानका क्रममा विभिन्न क्षेत्रबाट संकलित सुझावहरूलाई एकीकृत गरी नीतिगत प्रतिवेदन तयार पारिनेछ, जुन अर्थमन्त्री तथा बजेट निर्माण प्रक्रियामा संलग्न निकायलाई हस्तान्तरण गरिनेछ। यसबाट निजी क्षेत्र र लगानीकर्ताको आवाज प्रत्यक्ष रूपमा नीतिनिर्माण तहसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

बिजशालाले यस ‘बजेटोत्सव’लाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै हरेक वर्षको बजेट चक्रसँग जोडिएको वार्षिक फ्ल्यागशिप कार्यक्रमका रूपमा विकास गर्ने योजना बनाएको छ।

विश्वभर बजेटसम्बन्धी कभरेज सामान्यतः छोटो अवधिमा सीमित रहने परिप्रेक्ष्यमा, पूरै एकमहिने संरचित डिजिटल बजेट अभियान ल्याउने अवधारणा अत्यन्तै नवीन र दुर्लभ रहेको दाबी पनि बिजशालाले गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.