मंगलवार, असार ९,२०८३ 12:19:12
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:19:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले मिसाइल हमला गरेको यूएईको दाबी

Laxmi Sunrise Bank Limited
इरानले मिसाइल हमला गरेको यूएईको दाबी

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले इरानतर्फबाट प्रहार गरिएका धेरै मिसाइल र ड्रोनहरू आफ्नो रक्षा प्रणालीले रोकेको दाबी गरेको छ।

मन्त्रालयका अनुसार, यीमध्ये १२ वटा ब्यालिस्टिक मिसाइल, ३ वटा क्रुज मिसाइल र ४ वटा ड्रोन समावेश छन्। ४ मे २०२६ मा भएको उक्त आक्रमणलाई नियन्त्रण गर्ने क्रममा ३ जना घाइते भएका बताइएको छ।

यूएईले हालसम्म इरानबाट प्रहार गरिएका कुल ५४९ ब्यालिस्टिक मिसाइल, २९ क्रुज मिसाइल र २ हजार २६० ड्रोनहरू आफ्नो रक्षा प्रणालीले अवरोध गरिसकेको दाबी गरेको छ।

New Office
CG Motors
Garima Development Bank

यस घटनामा हालसम्म २२७ जना घाइते भएका छन्, जसमा विभिन्न देशका नागरिकहरू रहेका छन्। मृत्यु हुनेको संख्या १० पुगेको छ, जसमा पाकिस्तान, नेपाल, बंगलादेश, भारत, इजिप्ट र फलस्तिनका नागरिकहरू समावेश छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यूएईका अनुसार, आक्रमणमा उसका ३ जना सैनिकको पनि ज्यान गएको छ, जसमा एक मोरक्कोका नागरिक रहेका थिए, जो सशस्त्र बलसँग अनुबन्धमा कार्यरत थिए।

रक्षा मन्त्रालयले देशको सुरक्षा, स्थायित्व र राष्ट्रिय हितको रक्षा गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको र कुनै पनि खतराको डटेर सामना गर्ने बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.