बिहीबार, असार ११,२०८३ 06:01:30
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:01:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वोच्च अदालतद्वारा धितो जग्गा बिक्रीसम्बन्धी ३ वर्षे नियम खारेज

Laxmi Sunrise Bank Limited
सर्वोच्च अदालतद्वारा धितो जग्गा बिक्रीसम्बन्धी ३ वर्षे नियम खारेज

काठमाण्डौं । धितोमा राखिएको जग्गा व्यवस्थापनसम्बन्धी बैंक तथा वित्तीय संस्थामाथि लगाइएको समयसीमा सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै खारेज गरेको छ।

सर्वोच्च अदालत को संवैधानिक इजलासले लिलाम प्रक्रियामा बिक्री हुन नसकेको सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेच्नुपर्ने प्रावधान संविधानसँग बाझिएको निष्कर्ष निकालेको हो।

New Office
CG Motors
Garima Development Bank

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासले लगानी सहजीकरणसम्बन्धी ऐनमार्फत भूमिसम्बन्धी ऐनमा थपिएको दफा १२ (च) अमान्य हुने फैसला गरेको हो।

यसअघि लागू गरिएको उक्त प्रावधानअनुसार लिलाममा बिक्री नभएको धितो सम्पत्ति बैंकहरूले निश्चित समयभित्र अनिवार्य रूपमा बेच्नुपर्ने व्यवस्था थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अदालतको निर्णयसँगै अब बैंक तथा वित्तीय संस्थामाथिको उक्त कानूनी बाध्यता हटेको छ।

अधिवक्ता सागर अधिकारीसहितका निवेदकहरूले सो व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सरकार तथा सम्बन्धित निकायविरुद्ध रिट दायर गरेका थिए। फैसलापछि वित्तीय सम्पत्ति व्यवस्थापन र कानूनी ढाँचाबारे नयाँ बहस  शुरुु भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.