मंगलवार, बैशाख २२,२०८३ 06:39:30
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 06:39:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिहा भए उद्योगी शेखर गोल्छा

Bizshala
रिहा भए उद्योगी शेखर गोल्छा
Shivam Cement

काठमाण्डौ । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतले मंगलबार हिरासत म्याद थप गर्न अस्वीकार गरेपछि गोल्छा रिहा भएका हुन्। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बीमा ऐन अन्तर्गत अनुसन्धानका लागि पुनः हिरासतमा राख्न अनुमति मागेको थियो।

तर, सर्वोच्च अदालतले जिल्ला अदालतका अघिल्ला दुई म्याद थप आदेश बदर गर्दै धरौटी वा जमानतको विकल्पलाई प्राथमिकता दिनुपर्ने स्पष्ट आदेश दिइसकेको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अनुसन्धान अधिकारीले धरौटी वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा गोल्छालाई हिरासतमा राख्ने गरी भएको वैशाख ११ गते र २१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने सर्वोच्चले जनाएको छ । ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९३० बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन’ आदेशमा उल्लेख छ । 

धितोपत्र कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छा सोमबार पुनः पक्राउ परेका थिए । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धितोपत्रसम्बन्धी मुद्दामा गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको ठहर गर्दै पूर्व आदेशहरू बदरसमेत गरेको थियो।

CG Motors
Garima Development Bank
IME remit

तर, अदालतको आदेश सार्वजनिक भएको केही घण्टामै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै कसुरमा पुनः पक्राउ गरेको थियो। गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.