मंगलवार, आश्विन २०,२०८३ 01:26:24
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 01:26:24
Bizshala
Global IME Bank Limited

उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व सङ्कलन

Bizshala
उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व सङ्कलन
New Office

काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३४ जना सवारी चालक कारबाहीमा परेका छन् ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार कारबाहीबाट २२ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १८४ जना, ट्राफिक बत्ती तथा सङ्केत उल्लङ्घन गर्ने ८७ जना र तीव्र गतिमा सवारी चलाउने २१० जनामाथि कारबाही गरेको जनाएको छ ।

त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९६ जना, एकतर्फी सडकमा सवारी चलाउने ११० जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९ जना पनि कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित अनुगमन र चेकजाँचलाई कडाइ गरिएको जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.