काठमाण्डौ उपत्यकामा २४ घण्टामै २ हजार ६४१ सवारीचालक कारबाहीमा, झन्डै २३ लाख रुपैयाँ राजस्व संकलन
काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाहीलाई तीव्र बनाइएको छ। पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६४१ सवारीचालक कारबाहीमा परेका छन्।

