बुधबार, भाद्र ३,२०८३ 10:55:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 10:55:13
Bizshala
Global IME Bank Limited

ट्राफिक नियम उल्लङ्घनमा कारबाही अभियान तीब्र, २४ घण्टामा १,९९४ चालक कारबाही, ५ लाखभन्दा बढी राजस्व संकलन

ट्राफिक नियम उल्लङ्घनमा कारबाही अभियान तीब्र, २४ घण्टामा १,९९४ चालक कारबाही, ५ लाखभन्दा बढी राजस्व संकलन
New Office

काठमाण्डौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ ।  

विभिन्न प्रकारका ट्राफिक नियम तोड्ने १ हजार ९९४ जना चालकलाई जरिवाना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

Bizshala
CG Motors

उक्त कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२७ चालक कारबाहीमा परेका छन् ।

 त्यस्तै, नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १४२ चालकलाई पनि जरिवाना गरिएको छ ।

ट्राफिक संकेत बत्ती (सिग्नल) उल्लङ्घन गर्ने १४९ जना र अत्यधिक गतिमा सवारी चलाउने १०३ चालकलाई समेत कारबाही गरिएको छ ।  

 

लेन अनुशासन पालना नगर्ने १५८ जना चालक पनि प्रहरी कारबाहीको दायरामा परेका छन् ।

त्यसैगरी निषेधित स्थानमा हर्न बजाउने १३० जना, फुटपाथ वा सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना तथा एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ९५ जनालाई पनि जरिवाना गरिएको छ ।

अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने थप ९६२ चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।  

ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र अनुशासन कायम राख्न नियमित अनुगमन तथा कारबाही अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.