बिहीबार, असार ११,२०८३ 12:41:27
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:41:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उपत्यकामा ट्राफिक निगरानी कडा, एकै दिन २ हजार ५ सयभन्दा बढी चालक कारबाहीमा

Laxmi Sunrise Bank Limited
उपत्यकामा ट्राफिक निगरानी कडा, एकै दिन २ हजार ५ सयभन्दा बढी चालक कारबाहीमा

काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी कडा पारिएको छ।

पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले विभिन्न किसिमका नियम उल्लङ्घन गर्ने २ हजार ५१९ सवारीचालकलाई कारबाही गरेको छ। 

New Office
CG Motors
Garima Development Bank

उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित अनुगमन र चेकजाँच अभियान सञ्चालन गरिएको थियो।  

सो क्रममा सबैभन्दा बढी कारबाही सामान्य तथा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको छ।

तथ्याङ्कअनुसार मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ९२ जना चालक कारबाहीमा परेका छन्।  

त्यसैगरी अनुमति तथा नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १६३ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।

सडक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित नियम उल्लङ्घन गर्ने चालकहरूको संख्या पनि उल्लेखनीय देखिएको छ।  

ट्राफिक सङ्केत बत्तीको अवज्ञा गर्ने ९९ जना तथा निर्धारित गति सीमा नाघेर सवारी चलाउने ११५ जना चालकलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने १०९ जना चालक कारबाहीमा परेका छन्।

निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०० जनामाथि पनि कारबाही गरिएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सडकमा ध्वनि प्रदूषण नियन्त्रणका लागि यस्ता गतिविधिमाथि विशेष निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ।

लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन जना चालक पक्राउ परेका छन् भने वातावरणीय मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १९ वटा सवारीसाधनलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

यस बाहेक ट्राफिक नियम पालना नगर्ने, आवश्यक कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने तथा अन्य विविध कसुरमा एक हजार ८१९ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चापका बीच सडक अनुशासन कायम राख्न नियमित निगरानी, प्रविधिमार्फत अनुगमन तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइनेछ।  

प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन पुनः आग्रह गरेको छ।

प्रहरीको भनाइमा नियम पालना गरे दुर्घटना न्यूनीकरण हुनुका साथै सडक यातायातलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन समेत सहयोग पुग्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.