काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको दर स्थिर रहँदा युरो, पाउन्ड र अस्ट्रेलियन डलरलगायतका प्रमुख मुद्रामा सामान्य वृद्धि देखिएको छ ।
आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यो दर हिजोको स्तरमै कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि वैशाख २३ गते अमेरिकी डलर हालसम्मकै उच्च १५२ रुपैयाँ १६ पैसा (खरिददर) सम्म पुगेको थियो ।
युरो १ को खरिददर आज १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको छ, जुन हिजोको तुलनामा केही वृद्धि हो ।
त्यस्तै बेलायती पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलरको मूल्य पनि सामान्य बढेर खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा पुगेको छ ।
स्थिर रहेका प्रमुख मुद्रामध्ये कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा तथा बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ ।
वाणिज्य बैंकहरूले लागू गर्ने दर भने फरक हुन सक्ने तथा अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

