मंगलवार, कार्तिक ३,२०८३ 05:40:19
  • मंगलवार, कार्तिक ३,२०८३ 05:40:19
Global IME Bank Limited

विद्युत् क्षेत्रलाई आर्थिक वृद्धि चालक बनाउने सरकारको योजना : अर्थमन्त्री वाग्ले

Bizshala
विद्युत् क्षेत्रलाई आर्थिक वृद्धि चालक बनाउने सरकारको योजना : अर्थमन्त्री वाग्ले
New Office

काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई गति दिने प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अघि बढाइने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि पेस गरेको ५३ बुँदे सुझाव बुझ्दै अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रको योगदान अर्थतन्त्रमा क्रमशः बढ्दै गएको उल्लेख गरे।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनका अनुसार सरकारले ऊर्जा क्षेत्रलाई केवल पूर्वाधार नभई अर्थतन्त्र चलायमान बनाउने रणनीतिक क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ।  

“ऊर्जा क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्दै गएको छ, यसलाई अर्थतन्त्र हाँक्ने प्रमुख क्षेत्रका रूपमा स्थापित गर्ने गरी नीति निर्माण हुन्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकता भएको उल्लेख गर्दै लगानीकर्ताको विश्वास कायम हुने गरी पारदर्शी र व्यावसायिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

भेटका क्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव प्रस्तुत गर्दै सरकारले ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर स्पष्ट नीति र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको भन्दै त्यसअनुसारको वातावरण आवश्यक रहेको उल्लेख गरे।

कार्कीले विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्नुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार तथा प्रसारण लाइनमा सहभागी गराउनुपर्ने, तथा जलविद्युत् आयोजनाको समयमै आईपीओ जारी गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

त्यस्तै, आयोजना निर्माण र सञ्चालनका क्रममा सुरक्षा सुनिश्चितता, नीतिगत स्थिरता र प्रशासनिक सहजतामा सरकारले ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।

इप्पानका प्रतिनिधिहरूले नेपाललाई ऊर्जा विकासको दशक घोषणा गर्दै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.