बुधबार, श्रावण २७,२०८३ 02:37:23
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 02:37:23
Bizshala
Global IME Bank Limited

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दोस्रो सातामा आउँदै कक्षा–१२ को रिजल्ट

Prabhu Bank Limited
उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दोस्रो सातामा आउँदै कक्षा–१२ को रिजल्ट
New Office

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा प्रकाशनको तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

बोर्ड अहिले उत्तरपुस्तिका परीक्षण, अंक प्रविष्टि र अन्तिम नतिजा प्रशोधनको कामलाई समानान्तर रूपमा सञ्चालन गर्दै असारको दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यमा केन्द्रित भएको हो ।

बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्यालका अनुसार देशभरबाट आएका उत्तरपुस्तिकाको परीक्षण कार्य तीव्र गतिमा भइरहेको छ ।

“असार १० देखि १५ गतेभित्र नतिजा प्रकाशित गर्ने गरी काम अघि बढाइएको छ,” उनले भनिन्, “प्राविधिक र प्रशासनिक दुवै टोली पूर्ण रूपमा परिचालित छन् ।”

यसपटक सरकारले परीक्षा सकिएको ४५ दिनभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ ।  

सोहीअनुसार बोर्डले विगतका वर्षमा देखिने ढिलाइ कम गर्दै नतिजा छिटो सार्वजनिक गर्ने तयारी गरेको हो ।

अघिल्ला वर्षहरूमा कक्षा–१२ को नतिजा सार्वजनिक हुन झण्डै तीन महिना लाग्ने गरेको थियो ।  

वैशाखमा परीक्षा सकिएपछि विद्यार्थीहरूले साउनसम्म कुर्नुपर्ने अवस्था रहन्थ्यो ।  

तर, यस वर्ष बोर्डले प्रक्रियागत सुधार गर्दै परीक्षण र प्राविधिक कामलाई एकसाथ अघि बढाएकाले नतिजा अपेक्षाभन्दा चाँडै आउने सम्भावना बढेको छ ।

यस वर्षको कक्षा–१२ परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो ।  

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्ड ले एसईईको नतिजा पनि समयसीमाभित्रै सार्वजनिक गरेको थियो ।

वैशाख २८ गते सार्वजनिक भएको एसईई नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा सुधारिएको परिणाम हो ।

शिक्षा मन्त्रालय ले असार १ गतेदेखि कक्षा–११ को भर्ना तथा पठनपाठन शुरु गर्ने निर्णय गरिसकेको अवस्थामा कक्षा–१२ को नतिजा पनि समयमै सार्वजनिक गर्न बोर्डमाथि थप दबाब परेको देखिन्छ ।

गतवर्ष कक्षा–१२ परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ तथा आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए ।  

यसवर्ष पनि ठूलो संख्यामा विद्यार्थी सहभागी भएकाले नतिजाप्रति विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूको चासो उच्च रहेको छ ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार नतिजा छिटो सार्वजनिक हुँदा विश्वविद्यालय भर्ना प्रक्रिया, विदेश अध्ययन तयारी र नयाँ शैक्षिक सत्र व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.