मंगलवार, आश्विन १३,२०८३ 11:13:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:13:06
Bizshala
Global IME Bank Limited

रवि लामिछानेमाथि मानव अधिकार आयोगको गम्भीर प्रश्न, नख्खु जेल प्रकरणमा रवि शंकाको घेरामा

Bizshala
रवि लामिछानेमाथि मानव अधिकार आयोगको गम्भीर प्रश्न, नख्खु जेल प्रकरणमा रवि शंकाको घेरामा
New Office

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर निकालिएको घटनामा रवि लामिछानेको भूमिका संदिग्ध देखिएको निष्कर्ष निकाल्दै थप गहिरो अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।  

आयोगको प्रतिवेदनले उक्त घटनामा राजनीतिक प्रभाव, कारागार प्रशासन र सुरक्षा संयन्त्रबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनमा नख्खु कारागार प्रशासनसँगको समन्वयमा कैदीबन्दी बाहिर पठाउने प्रक्रियामा लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिएको उल्लेख गरिएको छ ।  

प्रतिवेदनले नख्खु कारागारका प्रशासक सत्यराज जोशी सँगै राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।

आयोगका अनुसार आन्दोलनका क्रममा कारागार तथा बाल सुधार गृहमा रहेका व्यक्तिहरूलाई बाहिर पठाउने कार्यले सार्वजनिक सुरक्षा र सर्वसाधारणको मानव अधिकारमा असर पारेको देखिएको छ ।  

यस घटनाले राजनीतिक पहुँचको प्रयोग गरेर कारागार प्रशासनमाथि दबाब सिर्जना गरिएको थियो कि भन्ने प्रश्नसमेत उठाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जेलर सत्यराज जोशी र रवि लामिछाने को बयान परस्परविरोधी रहेको उल्लेख गरिएको छ ।  

जेलर जोशीले आफू लामिछानेका समर्थक तथा सहयोगीहरूको दबाब, धम्की र त्रासका कारण कैदीबन्दी बाहिर पठाउने कागजातमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् ।

तर, लामिछानेले भने कारागार प्रशासनकै अनुरोधमा आफू बाहिर निस्किएको दाबी गरेका छन् ।  

प्रतिवेदनअनुसार उनले “तपाईं बाहिर निस्किए जेलको सुरक्षा सहज हुन्छ” भनेर प्रशासनले नै आग्रह गरेको बयान दिएका छन् ।

आयोगले यी फरक–फरक बयान, घटनाक्रम र उपलब्ध प्रमाणका आधारमा विस्तृत तथा निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको निष्कर्ष निकालेको जनाएको छ ।  

आयोगको पछिल्लो सिफारिसपछि जेनजी आन्दोलनका बेला कारागार व्यवस्थापन, राजनीतिक हस्तक्षेप र सुरक्षा निकायको भूमिकामाथि थप बहस शुरु भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.