Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 12:21:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोतलमा ६५०, बिलमा ६९५ रुपैयाँ ! दीपकराज गिरीले लगाए बिग मार्टमाथि उपभोक्ता ठगीको आरोप

Laxmi Sunrise Bank Limited
बोतलमा ६५०, बिलमा ६९५ रुपैयाँ ! दीपकराज गिरीले लगाए बिग मार्टमाथि उपभोक्ता ठगीको आरोप
Shivam Cement

काठमाण्डौ । पोखराका सामाजिक अभियन्ता दीपकराज गिरीले सुपरमार्केटबाट किनमेल गर्दा अनिवार्य रूपमा बिल जाँच गर्न उपभोक्तालाई आग्रह गरेका छन्।  

उनले शनिबार सामाजिक सञ्जालमार्फत एउटा फोटो सार्वजनिक गर्दै पोखराको बगरस्थित बिग मार्टमा आफूले मूल्यभन्दा बढी रकम तिर्नुपरेको दाबी गरेका हुन्।

Bizshala
New Office
CG Motors

गिरीले सार्वजनिक गरेको फोटोअनुसार उनले खरिद गरेको Sunsilk Hairfall Solution स्याम्पुको बोतलमा अधिकतम खुद्रा मूल्य (MRP) ६५० रुपैयाँ स्पष्ट रूपमा उल्लेख गरिएको छ। तर सोही सामानको बिलमा भने ६९५ रुपैयाँ उल्लेख गरी रकम असुल गरिएको देखिन्छ। यसरी एउटै वस्तुमा ४५ रुपैयाँ बढी मूल्य लिइएको उनको आरोप छ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, "शपिङ गर्दा अनिवार्य बिल चेक गरौं। हामीले विश्वास गरेर बिल चेक नगर्दा दैनिक रूपमा हजारौं उपभोक्ता यसरी नै ठगिइरहेका छन्।"

उनले ठूला सुपरमार्केट भन्दैमा आँखाचिम्लेर विश्वास नगर्न र सामानको वास्तविक मूल्य तथा बिलमा उल्लेख गरिएको दर सधैं भिडाएर मात्र भुक्तानी गर्नुपर्ने चेतावनी दिएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

सार्वजनिक भएको तस्वीरमा बिग मार्टबाट जारी गरिएको कर बिलमा उक्त स्याम्पुको मूल्य ६९५ रुपैयाँ उल्लेख छ भने स्याम्पुको प्याकेटमा छापिएको MRP ६५० रुपैयाँ देखिन्छ। यदि उक्त फोटो र विवरण यथार्थ भएको पुष्टि भएमा यो घटना उपभोक्ता संरक्षण ऐन तथा बजार अनुगमन सम्बन्धी व्यवस्थाविपरीत हुन सक्ने जानकारहरू बताउँछन्।

नेपालमा उपभोक्ता संरक्षण ऐनअनुसार कुनै पनि वस्तुमा उल्लेख गरिएको अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम असुल गर्न पाइँदैन। यस्ता गुनासो आएमा सम्बन्धित निकायले अनुसन्धान गरी कारबाही गर्न सक्ने व्यवस्था छ।

दीपकराज गिरीले यो विषयलाई सामाजिक सञ्जालमा उठाएपछि धेरै उपभोक्ताले पनि सुपरमार्केटहरूमा बिल र वस्तुको मूल्यबीच फरक देखिने गरेको अनुभव साझा गर्न थालेका छन्। यस घटनाले बजारमा मूल्य पारदर्शिता, उपभोक्ता अधिकार र सुपरमार्केटहरूको मूल्य निर्धारण प्रणालीमाथि पुनः प्रश्न उठाएको छ।

उपभोक्ता अधिकारकर्मीहरू भने कुनै पनि सामान खरिद गर्दा MRP, बिल र छुटको विवरण अनिवार्य रूपमा जाँच गर्न तथा कुनै अनियमितता भेटिए तत्काल सम्बन्धित निकायमा उजुरी दिन सुझाव दिन्छन्।

हाम्रो पटक पटकको प्रयासपछि पनि यो प्रकरणमा बिगमार्टका कुनै पनि आधिकारिक प्रतिनिधि जवाफ दिन तयार भएनन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.