मंगलवार, असार ३,२०८२ 07:23:08
  • मंगलवार, असार ३,२०८२ 07:23:08
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घट्यो, अन्तरबैंक ब्याजदर ह्वात्तै बढ्यो

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घट्यो, अन्तरबैंक ब्याजदर ह्वात्तै बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख ५ गते बैंकिङ प्रणालीबाट १ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख ५ गतेसम्म बैंकिण् प्रणालीमा ६१ खर्ब ३८ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख ४ गतेसम्म भने ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । वैशाख ४ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २४ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा १ अर्बले घटेको छ ।  

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि स्थिर नै रहेको छ । वेशाख ४ गते ५१ खर्ब ५ अर्ब रहेको कर्जा प्रवाह वैशाख ५ गतेसम्म पनि त्यति नै रहेको छ । सीडी रेसियो पनि स्थिर अर्थात ८०.८२ प्रतिशत छ । बैंकहरुको अन्तरबैंक ब्याजदर भने ह्वात्तै बढेको छ । वैशाख ४ गते २.७० प्रतिशत रहेको अन्तरबैंक ब्याजदर बढेर ३.६५ प्रतिशत पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.