काठमाण्डौ । पाकिस्तानको केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ ले साउदी अरबको वित्त मन्त्रालयबाट १ अर्ब अमेरिकी डलर प्राप्त गरेको जनाएको छ। बैंकले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत जानकारी दिँदै उक्त रकम २० अप्रिल २०२६ मा खातामा जम्मा भएको पुष्टि गरेको हो।
बैंकका अनुसार यो रकम साउदी अरबसँग हालै भएको ३ अर्ब डलरको वित्तीय सम्झौताको दोस्रो किस्ता हो। यसअघि पहिलो किस्ताअन्तर्गत २ अर्ब डलर १५ अप्रिल २०२६ मा प्राप्त भइसकेको थियो।
यसअघि पनि पाकिस्तानी केन्द्रीय बैंकले साउदी अरबबाट २ अर्ब डलर प्राप्त भएको जानकारी सार्वजनिक गरेको थियो।
हाल पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा दबाब बढिरहेको अवस्थामा उक्त सहायता प्राप्त भएको हो। आर्थिक स्थिरता कायम राख्नका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ।
यसैबीच, साउदी अरबले पाकिस्तानका लागि उपलब्ध गराउँदै आएको ५ अर्ब डलरको निक्षेप सुविधा तीन वर्षका लागि थप विस्तार गरेको छ। साथै, थप ३ अर्ब डलर छुट्टै रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

