साउदी अरबले पाँच वर्षमा १५ करोड ९० लाखभन्दा बढी रूख रोप्यो, १० अर्ब रोप्ने लक्ष्य
काठमाण्डौ । साउदी अरबले राष्ट्रिय हरियाली अभियान सुरु गरेको पाँच वर्षमा १५ करोड ९० लाखभन्दा बढी रूख रोप्नुका साथै करिब १० लाख हेक्टर क्षयग्रस्त भूमि पुनर्स्थापना गरेको जनाएको छ।सन् २०२१ मा ‘भिजन २०३०’ रणनीतिअन्तर्गत सुरु गरिएको यस कार्यक्रमको दीर्घकालीन लक्ष्य ४ करोड हेक्टर भूमि पुनर्स्थापना गर्ने र देशभर १० अर्ब रूख रोप्ने रहेको छ। सन् २०३० सम्म थप २५ लाख हेक्टर भूमि...

