मंगलवार, आश्विन १३,२०८३ 11:28:15
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:28:15
Bizshala
Global IME Bank Limited

साउदी अरबले पाँच वर्षमा १५ करोड ९० लाखभन्दा बढी रूख रोप्यो, १० अर्ब रोप्ने लक्ष्य

Bizshala
साउदी अरबले पाँच वर्षमा १५ करोड ९० लाखभन्दा बढी रूख रोप्यो, १० अर्ब रोप्ने लक्ष्य
New Office

काठमाण्डौ । साउदी अरबले राष्ट्रिय हरियाली अभियान सुरु गरेको पाँच वर्षमा १५ करोड ९० लाखभन्दा बढी रूख रोप्नुका साथै करिब १० लाख हेक्टर क्षयग्रस्त भूमि पुनर्स्थापना गरेको जनाएको छ।

सन् २०२१ मा ‘भिजन २०३०’ रणनीतिअन्तर्गत सुरु गरिएको यस कार्यक्रमको दीर्घकालीन लक्ष्य ४ करोड हेक्टर भूमि पुनर्स्थापना गर्ने र देशभर १० अर्ब रूख रोप्ने रहेको छ। सन् २०३० सम्म थप २५ लाख हेक्टर भूमि पुनर्स्थापना गर्ने लक्ष्य सरकारले राखेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मरुभूमीय तथा सुख्खा क्षेत्रमा हरियाली विस्तार गर्न साउदी अरबले बाँधको पानी, वर्षा पानी संकलन प्रणाली तथा लामो खडेरीमा पनि बिरुवा बाँच्न सहयोग गर्ने आधुनिक प्रविधिको प्रयोग गरिरहेको छ।

संयुक्त राष्ट्रसंघको मरुभूमीकरणविरुद्धको महासन्धि (यूएनसीसीडी) ले साउदी अरबको उपलब्धिलाई गम्भीर जल अभाव भएका क्षेत्रमा पनि ठूलो परिमाणमा भूमि पुनर्स्थापना सम्भव रहेको उदाहरणका रूपमा उल्लेख गरेको छ। यूएनसीसीडीका अनुसार साउदी अरबको अनुभव मरुभूमीकरण र जलवायु परिवर्तनको चुनौती सामना गरिरहेका अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्छ।

यसैबीच, संयुक्त राज्य अमेरिका र साउदी अरबले नागरिक प्रयोजनका आणविक ऊर्जा क्षेत्रमा सहकार्यका लागि बहु–अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्रान्स २४ का अनुसार अमेरिकी ऊर्जा सचिव क्रिस राइट र साउदी अरबका ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताले दुवै देशबीच नागरिक आणविक ऊर्जा विकास, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.