बेपत्ता पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला, चालक दलको खोजी जारी
काठमाण्डौ । शारजाहबाट पाकिस्तानको कराची जाँदै गरेको एक निजी कम्पनीको कार्गो विमानको भग्नावशेष अरब सागरमा फेला परेको छ। पाकिस्तानको तटीय क्षेत्र नजिकै बेपत्ता भएको उक्त विमानको भग्नावशेष ओरमारा तटबाट करिब ५३ समुद्री माइल दक्षिणमा भेटिएको हो।पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षा निकायले समुद्रमा करिब १२ घण्टा लामो खोज तथा उद्धार अभियान सञ्चालन गरेपछि विमानको...

