आईतवार, बैशाख ६,२०८३ 11:45:22
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:45:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ पुग्यो, अफगानिस्तानबाट आपूर्ति ठप्प

Bizshala
पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ पुग्यो, अफगानिस्तानबाट आपूर्ति ठप्प
Shivam Cement

काठमाण्डौ । पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ(पाकिस्तानी) पुगेको छ । यो सामान्य मूल्य भन्दा ४०० प्रतिशत बढी हो। यसको मतलब प्रतिकिलो ५०–१०० रुपैयाँमा पाइने टमाटर अहिले ५५०–६०० रुपैयाँमा पुगेको छ ।

अक्टोबर ११ देखि पाकिस्तान–अफगानिस्तान सीमामा जारी तनावका कारण तोर्खाम र चमन जस्ता प्रमुख नाका बन्द छन्। इस्लामाबादले काबुलमाथि आतंकवादी हमलाको आरोप लगाएको थियो। जसका कारण दुवैबीच तनाव र व्यापार ठप्प भएको छ ।

टमाटरको मूल्य बढ्नुको चार कारण

सीमा बन्द हुँदा आयात रोकिनुः अफगानिस्तानबाट आउने टमाटरका ट्रकहरू कराची, लाहोर र इस्लामावाद जस्ता शहरहरूमा आपूर्ति श्रृंखला तोड्दै रोकिएका छन्। दुवैतर्फ करिब ५ हजार कन्टेनर अलपत्र परेका छन् भने व्यापार अझै ठप्प छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थानिय उत्पादनमा ह्रास: खैबर पख्तुनख्वा, बलुचिस्तान र सिन्धमा भारी वर्षा र बाढीका कारण बाली नष्ट भएको छ। साथै, मौसमका कारण बाली पाक्न ढिलाइ भएको छ । अहिले लाहोरको बदामी बाग बजारमा दैनिक १५–२० ट्रक टमाटर आइपुगेको छ, जहाँ पहिले ३० वटा मात्रै थियो ।

बलुचिस्तान र इरानबाट अभावः बलुचिस्तानको बाली घट्दै गएको छ र इरानबाट आयात पनि घटेको छ। जसका कारण माग र आपूर्तिको खाडल झन् बढेको छ ।

बजारमा मनमानीः कतिपय ठाउँमा थोक व्यापारीले कमजोर अनुगमन र मूल्यवृद्धिको फाइदा उठाएका कारण खुद्रा मूल्य थोक मूल्यभन्दा दोब्बर छ ।

टमाटरको मूल्य बढ्नुको एउटा कारण लामो समयदेखि चलिरहेको सीमापार व्यापार हो। एक पीटीआई रिपोर्ट अनुसार, २०११ मा, भारतीय व्यापारीहरूले पाकिस्तानमा टमाटरको उच्च मूल्यको फाइदा उठाउँदै अटारी–वाघा सीमानाबाट टमाटरले भरिएका ट्रकहरू पठाएका थिए ।  

यसअघि सन् २०२३ को जुलाईमा पाकिस्तानमा पीठोको मूल्य प्रतिकिलो ३२० रुपैयाँ पुगेको थियो। कराँचीमा २० किलोको पिठोको झोला ३,२०० रुपैयाँ पुग्यो, जुन पाकिस्तानको ५८ वर्षको इतिहासमा सबैभन्दा उच्च हो।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.