बिहीबार, आश्विन ८,२०८३ 02:27:48
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 02:27:48
Bizshala
Global IME Bank Limited

ड्रोन आक्रमणको जवाफ भन्दै अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई हमला

Bizshala
ड्रोन आक्रमणको जवाफ भन्दै अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई हमला
New Office

काठमाण्डौ । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इस्लामाबादले अफगान भूभागबाट पाकिस्तानतर्फ ड्रोन आक्रमणको प्रयास भएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको दाबी गरेको हो।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारका अनुसार अफगानिस्तानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग भइरहेको भनिएका १० स्थानलाई निशाना बनाइएको हो। उनले पाकिस्तानले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै सीमित सैन्य लक्ष्यमा मात्रै ‘सटीक हवाई तथा ड्रोन आक्रमण’ गरेको दाबी गरेका छन्।

तारारका अनुसार बुधबार अफगानिस्तानतर्फबाट आएका ड्रोन पाकिस्तानी वायु प्रतिरक्षा प्रणालीले पत्ता लगाएर लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारेको थियो। त्यसपछि पाकिस्तानले सम्बन्धित सैन्य ठेगानामा आक्रमण गरेको उनको भनाइ छ। तर अफगान तालिबान अधिकारीहरूले आफ्नो सरकारले पाकिस्तानतर्फ ड्रोन नपठाएको बताएका छन्।

अफगान अधिकारीहरूका अनुसार बिहीबार पाकिस्तानको आक्रमण खोस्त र पक्तिया प्रान्तका विभिन्न क्षेत्रमा भएको थियो। पछिल्लो आक्रमणबाट मानवीय क्षति नभएको दुई तालिबान प्रवक्ताले रोयटर्सलाई बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि पनि पाकिस्तानले अफगानिस्तानको कुनार र पक्तिका क्षेत्रमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले ती आक्रमणमा २८ जना लडाकु मारिएको दाबी गरेको थियो भने अफगान अधिकारी र संयुक्त राष्ट्रसंघले तीन सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका थिए।

पछिल्ला घटनासँगै दुई छिमेकी मुलुकबीचको सीमापार तनाव फेरि तीव्र बनेको छ। गत साता पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको प्रहरी केन्द्रमा भएको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएपछि दुई देशबीचको तनाव थप बढेको थियो।

यसैबीच संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोग (UNAMA) ले सन् २०२६ को अप्रिलदेखि जुनसम्म पाकिस्तान–अफगानिस्तान सीमापार सशस्त्र हिंसाका कारण अफगानिस्तानमा ३९९ जना सर्वसाधारण हताहत भएको अभिलेख गरेको छ। 

तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका थिए। हताहत हुनेमा ४० महिला र ११२ बालबालिका पनि छन्। उक्त अवधिमा अभिलेख गरिएका सबै सीमापार नागरिक हताहती पाकिस्तानी सुरक्षा बलको कारबाहीसँग सम्बन्धित रहेको UNAMA को विवरणमा उल्लेख छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.