काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठकलाई बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित चलचित्र विधेयक प्रस्तुत गरिएको थियो।

