आईतवार, बैशाख ६,२०८३ 11:50:12
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:50:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तान र साउदी अरबबीच सम्झौता, दुई देशमध्ये कुनैमा आक्रमण भए दुवैमाथिको आक्रमण मानिने

Bizshala
पाकिस्तान र साउदी अरबबीच सम्झौता, दुई देशमध्ये कुनैमा आक्रमण भए दुवैमाथिको आक्रमण मानिने
Shivam Cement

काठमाण्डौ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ नाम दिइएको छ । यो सम्झौताअनुसार यी दुई देशमध्ये कुनैमा आक्रमण भएमा त्यसलाई दुवै देशमाथिको आक्रमण मानिनेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दुई देशबीच यो सम्झौता प्रधानमन्त्री शाहबाज सरिफको साउदी अरब भ्रमणका क्रममा भएको हो ।

साउदी युवराज मोहम्मद बिन सलमानले रियादको अल(यामामा दरबारमा शहबाज सरिफलाई स्वागत गरेका थिए। दुई नेताबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जालमा लेखेका छन्,‘दुई देशबीच करिब ८० वर्ष पुरानो सम्बन्ध भाइचारा, इस्लामिक ऐक्यबद्धता र रणनीतिक सहयोगमा आधारित छ।’

परराष्ट्रमन्त्रीका अनुसार यस सम्झौताको उद्देश्य रक्षा सहयोग अभिवृद्धि र क्षेत्रमा शान्ति सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.