बुधबार, भाद्र ३,२०८३ 11:34:56
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 11:34:56
Bizshala
Global IME Bank Limited

विश्व बैंकद्वारा पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार

विश्व बैंकद्वारा पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार
New Office

काठमाण्डौ । विश्व बैंकले पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार गरेको छ । निर्धारित समयावधिसम्म तोकिएका मापदण्ड पुरा नगरेको भन्दै विश्व बैंकले पाकिस्तानलाई ऋण दिन अस्वीकार गरेको हो ।  

विश्व बैंकले पाकिस्तानलाई ‘चाइना–पाकिस्तान इकोनोमिक अरिडोर’अन्तर्गत चीनसँगको उर्जा बिक्री सम्झौता पुनरावलोकन गर्न भनेको थियो । तर विश्व बैंकले तोकेको मितिभित्र पुनरावलोकन गर्न असमर्थ भएपछि विश्व बैंकले यस्तो निर्णय गरेको बताइएको छ ।  

Bizshala
CG Motors

यस्तै विश्व बैंकले यो आर्थिक वर्षमा पाकिस्तानलाई कुनै पनि प्रकारको नयाँ ऋण प्रदान नगर्ने समेत जनाएको छ । यसले पहिलेदेखि नै ऋण कोटा समाप्त भईसकेको पाकिस्तानको अर्थतन्त्रमा तरंग उत्पन्न गरेको छ ।  

अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले २.५ बिलियन डलरबराबरको बाह्य वित्तीय अन्तर नयाँ कर्जाले परिपूर्ति गर्नुपर्ने जनाएको थियो । विश्व बैंकले ‘अफोडेबल एण्ड क्लिन इनर्जी प्रोग्राम’पेस–थ्री’का लागि पाकिस्तान सरकारले माग गरेको ५ सयदेखि ६ सय मिलियन डलरबराबरको ऋण अस्वीकार गरेको पाकिस्तानी सरकारी स्रोतले जानकारी दिएको जनाइएको छ ।  

पेस प्रोग्राम विश्व बैंकले सन् २०२१ जुनमा स्वीकृत गरेको थियो । जसअन्तर्गत पहिलो चरणमा ४ सय मिलियन डलर प्रवाहित भईसकेको छ । दोस्रो चरणको ऋण स्वीकृतीका लागि विभिन्न शर्तहरु राखिएका छन् । जसमा विशेष गरेर सबै स्वतन्त्र उर्जा उत्पादकसँग वार्ता (विशेष गरेर चिनियाँ उर्जा उत्पादक)गर्नुपर्ने उल्लेख छ ।  

पाकिस्तानले देशमा व्याप्त बढ्दो विद्युत महशुल घटाउन सन् १९९४ र २००२ को नीतिअन्तर्गत भएका उर्जा कम्पनीसँग भएका उर्जा सम्झौताहरुलाई पुनरावलोकन गर्ने योजना बनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.