आईतवार, बैशाख ६,२०८३ 11:45:23
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:45:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानले आईएमएफबाट ७ अर्ब डलर ऋण पाउने, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

Bizshala
पाकिस्तानले आईएमएफबाट ७ अर्ब डलर ऋण पाउने, अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले पाकिस्तानका लागि ७ अर्ब डलर ऋण कार्यक्रम स्वीकृत गरेको छ।

यो ऋण कार्यक्रमका लागि पाकिस्तान र आईएमएफबीच यही वर्षको जुलाईमा कर्मचारी स्तरको सम्झौता भएको थियो ।

यो स्वीकृतिपछि पाकिस्तानले छिट्टै आईएमएफबाट १.१ अर्ब डलरको पहिलो किस्ता पाउनेछ । बाँकी लगभग ५.९ अर्ब डलर पाकिस्तानलाई आगामी तीन वर्षमा किस्तामा उपलब्ध गराइनेछ ।  

पाकिस्तानले सन् १९५८ डिसेम्बरमा पहिलो पटक आईएमएफबाट ५० करोड डलर ऋण लिएको थियो र त्यसयता पाकिस्तानले २० पटकभन्दा बढी आईएमएफबाट ऋण लिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाले कार्यकारी बोर्डको बैठकपछि पाकिीतानको निजी टिभी च्यानल ‘जियो’सँग भनिन्, ‘हामीसँग एउटा राम्रो खबर छ । हामीले पाकिस्तानको लागि हाम्रो समीक्षा पूरा गरेका छौं। म पाकिस्तान सरकार र पाकिस्तानी जनतालाई बधाई दिन्छु। पाकिस्तानले आर्थिक सुधार गरेको छ जसले अर्थतन्त्रमा सुधार गरेको छ।’

उनले पाकिस्तानमा उत्पादन ग्राफ माथि गइरहेको छ भने मुद्रास्फीति घटिरहेकाले अर्थतन्त्र बलियो बाटोमा रहेको बताइन् ।  

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले ऋण कार्यक्रमको स्वीकृतिमा ुसन्तुष्टि व्यक्त गर्दै भने, ‘ पाकिस्तानमा आर्थिक सुधार द्रुत गतिमा जारी छ।’

आईएमएफले पाकिस्तानका लागि नयाँ ऋण कार्यक्रमलाई अनुमोदन गरेपछि पाकिस्तानको अर्थतन्त्रमा परेको असरलाई वित्तीय विज्ञहरूले सकारात्मक भनेका छन् ।

पाकिस्तानी अर्थतन्त्र विगत साढे तीन वर्षदेखि नकारात्मक वृद्धिदरको शिकार बनेको छ भने देशको विदेशी मुद्रा सञ्चिति घटेको छ ।

CG Motors
Garima Development Bank
IME remit

डलरको मूल्यमा भएको अत्याधिक वृद्धि, मुद्रास्फीति दरमा भएको ऐतिहासिक वृद्धि र ब्याजदरमा भएको वृद्धिका कारण पनि पाकिस्तानी अर्थतन्त्र समस्याको शिकार भएको छ ।

त्यसैगरी आर्थिक गतिविधि सुस्त हुनुका साथै औद्योगिक एकाइको उत्पादन क्षमतामा आएको ह्रासका कारण देशमा बेरोजगारी दर बढेको छ ।

यस कार्यक्रमको स्वीकृतिपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानको आर्थिक सुदृढीकरणपछि आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा मिहेनत गरिरहने बताएका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.