मंगलवार, कार्तिक ३,२०८३ 03:31:29
  • मंगलवार, कार्तिक ३,२०८३ 03:31:29
Global IME Bank Limited

रास्वपा सभापतिसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दल छलफलमा

Bizshala
रास्वपा सभापतिसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दल छलफलमा
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

सभामुखको कार्यकक्षमा जारी छलफलमा विपक्षी दलका प्रतिनिधिहरू सहभागी रहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रमुख सचेतक महरका अनुसार रास्वपा सभापति रवि लामिछानेसँगको अघिल्लो छलफलमा सहमति नजुटेपछि अहिले सभामुखसँग पुनः वार्ता भइरहेको हो ।

यसअघि सभामुखसँगको करिब दुई घण्टा लामो छलफलमा पनि पक्षहरूबीच सहमति बन्न सकेको थिएन ।

छलफलमा विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीमार्फत लिखित जवाफ संसद्मा प्रस्तुत गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।  

सो प्रस्ताव स्वीकार भए संसद्को अवरोध हटाउन आफूहरू तयार रहने उनीहरूको भनाइ थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर, रास्वपा सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीको तर्फबाट होइन, परराष्ट्रमन्त्रीले नै आफ्नै शैलीमा जवाफ दिन सकिने धारणा राखेपछि विपक्षी दलहरू असन्तुष्ट बनेका थिए ।  

सो विषयमा सहमति नजुट्दा संसद् बैठक प्रभावित भएको हो ।

त्यसैको परिणामस्वरूप बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर, २ बजेका लागि सारिएको बैठक पनि समाचार तयार पार्दासम्म शुरु हुन सकेको छैन ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.