बुधबार, असार २४,२०८३ 04:36:10
Bizshala
  • बुधबार, असार २४,२०८३ 04:36:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा सभापतिसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दल छलफलमा

Laxmi Sunrise Bank Limited
रास्वपा सभापतिसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दल छलफलमा

काठमाण्डौ । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

सभामुखको कार्यकक्षमा जारी छलफलमा विपक्षी दलका प्रतिनिधिहरू सहभागी रहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् । 

New Office
CG Motors
Garima Development Bank

प्रमुख सचेतक महरका अनुसार रास्वपा सभापति रवि लामिछानेसँगको अघिल्लो छलफलमा सहमति नजुटेपछि अहिले सभामुखसँग पुनः वार्ता भइरहेको हो ।

यसअघि सभामुखसँगको करिब दुई घण्टा लामो छलफलमा पनि पक्षहरूबीच सहमति बन्न सकेको थिएन ।

छलफलमा विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीमार्फत लिखित जवाफ संसद्मा प्रस्तुत गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।  

सो प्रस्ताव स्वीकार भए संसद्को अवरोध हटाउन आफूहरू तयार रहने उनीहरूको भनाइ थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, रास्वपा सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीको तर्फबाट होइन, परराष्ट्रमन्त्रीले नै आफ्नै शैलीमा जवाफ दिन सकिने धारणा राखेपछि विपक्षी दलहरू असन्तुष्ट बनेका थिए ।  

सो विषयमा सहमति नजुट्दा संसद् बैठक प्रभावित भएको हो ।

त्यसैको परिणामस्वरूप बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर, २ बजेका लागि सारिएको बैठक पनि समाचार तयार पार्दासम्म शुरु हुन सकेको छैन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X