काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पसको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि मल्टीपर्पस फाइनान्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले मल्टीपर्पस फाइनान्सको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।