सोमबार, श्रावण १८,२०८३ 04:33:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:33:40
Bizshala
Global IME Bank Limited

भारतमा अब शतप्रतिशत इथानोलबाट चल्नेछन् सवारीसाधन, केन्द्र सरकारले दियो अनुमति

भारतमा अब शतप्रतिशत इथानोलबाट चल्नेछन् सवारीसाधन, केन्द्र सरकारले दियो अनुमति
New Office

काठमाण्डौ । भारत सरकारले १०० प्रतिशत इथानोललाई सवारीसाधनको इन्धनका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने दिशामा महत्वपूर्ण कदम चालेको छ। भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितीन गडकरीले इथानोल–आधारित सवारी सञ्चालनसम्बन्धी नियमावलीलाई अन्तिम स्वीकृति दिइसकेको जानकारी दिएका छन्।

नागपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गडकरीले १०० प्रतिशत इथानोल प्रयोग गर्न मिल्ने सवारीसाधनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा भएको र अब देशमा वैकल्पिक इन्धनको प्रयोगलाई तीव्रता दिइने बताए। उनका अनुसार भारतको जीवाश्म इन्धन आयातमा निर्भरता घटाउने तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।

मन्त्री गडकरीका अनुसार भारतका प्रमुख अटोमोबाइल कम्पनीहरूले १०० प्रतिशत इथेनोलमा चल्ने सवारीसाधन उत्पादनको तयारी पूरा गरिसकेका छन्। आगामी केही हप्तादेखि दुई महिनाभित्र टोयोटा, सुजुकी र हुन्डाई लगायतका कम्पनीहरूले पूर्ण रूपमा इथेनोलबाट चल्ने मोडलहरू बजारमा ल्याउने अपेक्षा गरिएको छ।

भारतले हाल आफ्नो अधिकांश कच्चा तेल विदेशबाट आयात गर्दै आएको छ। सरकारको विश्वास छ कि इथानोलको व्यापक प्रयोगले पेट्रोल र डिजेलमाथिको निर्भरता घटाउने, आयात खर्च कम गर्ने तथा स्वदेशी ऊर्जा स्रोतको उपयोग बढाउनेछ।

इथानोल के हो ?

इथानोल जैविक स्रोतबाट उत्पादन हुने एक प्रकारको अल्कोहल हो, जुन मुख्यतः उखुको रस, मकै, आलु, चुकन्दर तथा अन्य स्टार्चयुक्त कृषि उत्पादनबाट तयार गरिन्छ। यसलाई पेट्रोलसँग मिसाएर वा शुद्ध रूपमा विशेष प्रकारका ‘फ्लेक्स–फ्युल’ इन्जिन भएका सवारीसाधनमा प्रयोग गर्न सकिन्छ।

१०० प्रतिशत इथानोल सामान्य पेट्रोल इन्जिनमा प्रयोग गर्न मिल्दैन। यसका लागि विशेष रूपमा डिजाइन गरिएका फ्लेक्स–फ्युल इन्जिन आवश्यक पर्छन्। भारतमा यसअघि पनि इथेनोल मिश्रित ई२० र हालै ई८५ इन्धनको प्रयोगलाई प्रोत्साहन दिइँदै आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.