शुक्रबार, आश्विन १६,२०८३ 07:09:30
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:09:30
Bizshala
Global IME Bank Limited

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक

Bizshala
सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक
New Office

काठमाण्डौ । हङकङले भारतका दुईवटा मसला कम्पनीका मसलाहरुमा प्रतिबन्ध लगाएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेष्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।  

विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  

यी प्रडक्टहरुमा उल्लेख गरिएको किटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । हङकङले प्रतिबन्ध लगाउनुअघि सिंगापुरले पनि यहि कारण एभरेष्ट मसलाको फिश करी मसलालाई बजारबाट फिर्ता मगाउने निर्देशन जारी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हङकङको खाद्य सुरक्षा विभागले एमडीएम ग्रुपको तीनवटा मसला–मिक्स मद्रास करी पाउडर, साम्भर मसला पाउडर र करी पाउडरमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै पाइएको जनाएको छ । यस्तै नियमित जाँचका क्रममा एभरेष्टको फिस करी मसलामा पनि यो किटनाशकको मात्रा अधिक पाइएको विभागले जनाएको छ । 

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा बर्गिकरण गरेको छ । खाद्य नियमनका अनुसार मानव उपभागका लागि पेस्टिसाइड भ्रएको खाद्य प्रदार्थ त्यति बेला मात्रै बिक्री गर्न मिल्छ,जतिबेला उक्त खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुँदैन । -एजेन्सी     

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.