सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक
काठमाण्डौ । हङकङले भारतका दुईवटा मसला कम्पनीका मसलाहरुमा प्रतिबन्ध लगाएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेष्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको हो । विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी प्रडक्टहरुमा...