बुधबार, असार ३,२०८३ 12:25:52
Bizshala
  • बुधबार, असार ३,२०८३ 12:25:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजी बलियो बनाउन सिटिजन्स बैंकको रणनीतिक कदम, २ अर्बको प्रिफरेन्स शेयर निष्काशन गर्ने

Laxmi Sunrise Bank Limited
पूँजी बलियो बनाउन सिटिजन्स बैंकको रणनीतिक कदम, २ अर्बको प्रिफरेन्स शेयर निष्काशन गर्ने
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूँजी संरचना थप बलियो बनाउन २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share)जारी गर्ने निर्णय गरेको छ। 

बैंकको आठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै बैंकले विस्तार रणनीति र दीर्घकालीन वित्तीय क्षमता सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालेको छ।

Bizshala
New Office
CG Motors

विशेष साधारणसभाबाट बैंकको नियमावलीअनुसार समूह क संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्वगर्दै शेयरधनी अनिलकुमार ज्ञवाली गरी १ जना र समूह ख सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनीहरु प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् ।  

बैंकका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले बैंकको व्यवसाय विस्तार, जोखिम वहन क्षमता वृद्धि तथा नियामकीय पूँजी आधार सुदृढ बनाउन प्रिफरेन्स शेयर निष्काशन आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय पूँजी पर्याप्तताको विषय महत्वपूर्ण बन्दै गइरहेका बेला सिटिजन्सको यो निर्णयलाई रणनीतिक कदमका रूपमा हेरिएको छ।

नवनिर्वाचित सञ्चालक मैनाली बैंकिङ तथा विकास व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्था तथा निजी क्षेत्रसँग आबद्ध रहेर काम गरेका छन्। त्यस्तै ज्ञवाली पनि बैंकको संस्थापक समूहसँग लामो समयदेखि आबद्ध व्यवसायीका रूपमा परिचित छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएकाआफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

विशेषज्ञहरूका अनुसार बैंकले प्रस्ताव गरेको २ अर्ब रुपैयाँको प्रिफरेन्स शेयर निष्काशन सफल भएमा कर्जा विस्तार, व्यवसायिक लगानी तथा पूँजी पर्याप्तता अनुपातमा सकारात्मक प्रभाव पर्नेछ। यसले बैंकलाई भविष्यमा थप प्रतिस्पर्धी र विस्तारमुखी रणनीति कार्यान्वयन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.