मंगलवार, कार्तिक ३,२०८३ 05:01:18
  • मंगलवार, कार्तिक ३,२०८३ 05:01:18
Global IME Bank Limited

निजी क्षेत्रमैत्री नीति र आर्थिक सुधारमार्फत अर्थतन्त्रलाई गति दिने सरकारको लक्ष्य: अर्थमन्त्री वाग्ले

Bizshala
निजी क्षेत्रमैत्री नीति र आर्थिक सुधारमार्फत अर्थतन्त्रलाई गति दिने सरकारको लक्ष्य: अर्थमन्त्री वाग्ले
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई तीव्रता दिने रणनीति अवलम्बन गरेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण तथा समसामयिक आर्थिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताए ।

अर्थमन्त्री वाग्लेले विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी–व्यवसायीलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कर प्रणालीलाई व्यवस्थित बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा लगानीमैत्री नीतिहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले १० लाख रुपैयाँसम्मको आयमा कर छुट, विद्युत् क्षेत्रमा करसम्बन्धी व्यवस्थालाई अन्तिम उपभोक्तामैत्री बनाउने प्रयास, तथा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा र पोषणमा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सरकार पारदर्शी र बिचौलियारहित प्रणाली निर्माणतर्फ अघि बढिरहेको पनि उनको भनाइ थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सो अवसरमा अर्थमन्त्री वाग्लेले विसं २००७ सालदेखिको इतिहास बोकेको नेपाल चेम्बर अफ कमर्समा उपस्थित हुन पाउँदा खुसी लागेको बताए। निजी क्षेत्रबाट उठाइएका समस्या तथा सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यथासम्भव समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.