बिहीबार, श्रावण ७,२०८३ 12:01:42
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 12:01:42
Bizshala
Global IME Bank Limited

६ निर्णय गर्दै सकियो मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णय

६ निर्णय गर्दै सकियो मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णय
New Office

काठमाण्डौ । ६ वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकले विभिन्न कानून संशोधन तथा नयाँ विधेयक तर्जुमासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।

 सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै सहकारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको जानकारी दिए। 

शुक्रबार बसेको बैठकले सहकारी क्षेत्रसहित अन्य कानूनी र प्रशासनिक व्यवस्थामा सुधार ल्याउने उद्देश्यले विभिन्न विधेयकहरू अघि बढाउन स्वीकृति प्रदान गरेको हो।  

उनका अनुसार सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित यो प्रक्रिया अघि बढाइएको हो।  

त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै विधेयक तर्जुमाको स्वीकृति पनि बैठकले प्रदान गरेको छ।  

यसले सहकारी क्षेत्रमा देखिएका वित्तीय जोखिम र अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।  

त्यसैगरी, सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन संशोधन गर्ने चार वटा प्रतिस्थापन विधेयकहरू संसदमा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था पुनःस्थापना गर्नेसम्बन्धी विधेयक अघि बढाउन पनि स्वीकृति दिएको छ।

यस्तै, बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.