मंगलवार, आश्विन २०,२०८३ 01:24:16
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 01:24:16
Bizshala
Global IME Bank Limited

एमालेले एकै दिन संसदीय दल र सचिवालय बैठक बोलायो, समसामयिक राजनीतिक परिस्थितिमा छलफल हुने

Bizshala
एमालेले एकै दिन संसदीय दल र सचिवालय बैठक बोलायो, समसामयिक राजनीतिक परिस्थितिमा छलफल हुने
New Office

काठमाण्डौ । नेकपा (एमाले) ले आज एकै दिन संसदीय दल र पार्टी सचिवालय बैठक बोलाएको छ।

पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न बैठकहरू आह्वान गरिएको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्पत्ति शुद्धीकरण सम्बन्धी मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्टै एमालेले यी दुवै महत्वपूर्ण बैठक एकै दिन राखेको हो।  

पार्टीभित्र देखिएको परिस्थितिलाई ध्यानमा राख्दै रणनीतिक छलफलका लागि बैठक बोलाइएको बुझिएको छ।

निर्धारित कार्यतालिका अनुसार एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ।  

सो बैठकमा संसदमा पार्टीको भूमिकालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसपछि आजै साँझ ६ बजे एमाले केन्द्रीय सचिवालय बैठक बस्नेछ। उक्त बैठक अध्यक्ष केपी ओलीको निवास, गुन्डुमा बस्ने तय भएको छ।

सचिवालय बैठकमा पार्टीको आन्तरिक संगठनात्मक विषय, पछिल्लो राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।  

पार्टी स्रोतका अनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै नेतृत्व तहमा महत्वपूर्ण निर्णयहरू हुन सक्ने सम्भावना पनि रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.