मंगलवार, आश्विन १३,२०८३ 06:26:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:26:42
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान

Bizshala
सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएकोे सो संस्थालाई सहयोग प्रदान गरेको हो ।  

बैंकले उक्त वृद्धाश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा धेरै खुसी महशुस भएको बताए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.