शुक्रबार, असार १२,२०८३ 06:08:06
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:08:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्त्रिपरिषद् बैठक सम्पन्न, निर्णय अर्को बैठकपछि सार्वजनिक गरिने

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद् बैठक सम्पन्न, निर्णय अर्को बैठकपछि सार्वजनिक गरिने

काठमाण्डौ । प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ।  

बैठकमा मन्त्रीहरूको उपस्थिति न्यून रहेको स्रोतले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सरकारी स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको भएपनि उक्त निर्णय तत्काल सार्वजनिक नगरिने भएको छ।  

निर्णय अर्को मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको जनाइएको छ।  

यसअघि भने मन्त्रिपरिषद् बैठक सम्पन्न भएलगत्तै निर्णयहरू सार्वजनिक गर्ने अभ्यास रहँदै आएको थियो।

बैठकमा अधिकांश मन्त्री अनुपस्थित रहेका कारण छलफल पनि सीमित विषयमा केन्द्रित भएको बताइएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन धेरै मन्त्री चितवनमा रहेकाले बैठकमा अपेक्षाकृत कम सहभागिता देखिएको स्रोतको भनाइ छ।

मन्त्रीहरूको न्यून उपस्थितिका कारण यसपटक मन्त्रिपरिषद् बैठकको सामूहिक तस्बिरसमेत सार्वजनिक गरिएको छैन।

सामान्यतया प्रत्येक बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैठकको तस्बिर र निर्णय सार्वजनिक गर्ने प्रचलन रहेको भएपनि यसपटक त्यसो गरिएको छैन।

सरकारले अर्को मन्त्रिपरिषद् बैठकपछि शुक्रबारको बैठकमा भएको निर्णयबारे औपचारिक जानकारी गराउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.